काठमाडौं। मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते भई ह्याम्स अस्पतालमा उपचार गरिरहेका पाइलट प्रकाश सेढाईंलाई उनको परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि भारत लगिएको छ।
श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको अस्पतालले जानकारी दिएको छ।
उडानका क्रममा बिरामीसँग ह्याम्स अस्पतालको प्रि हस्पिटल विशेषज्ञ टोलीका डा. निशान्त ढकाल, डा. रामकृष्ण बुढाथोकी, डा. आरोग्य तथा पारामेडिक्स सरोज चौधरी, सुनिल केएम र बलि जंग शाहीले ुमेडिकल स्कर्टिङु गरेका थिए।
श्री एअरलाइन्सका प्रवक्ता एवं कर्पोरेट म्यानेजर अनिल मानन्धरका अनुसार चार्टर्ड जहाज शनिबार बेलुकी ९.२० बजे मुम्बईको लागि उडेको थियो।
आइतबार बिहान १ बजे ह्याम्सको विशेषज्ञ टोलीले मुम्बई एयरपोर्टमा बर्न सेन्टरको मेडिकल टिमलाई बिरामी हस्तान्तरण गरि बिहान ४ बजेर २० मिनेटमा नेपाल फर्केको ह्याम्सका इमर्जेन्सी इन्चार्ज डा.ढकालले जानकारी दिए।
गम्भीर घाइते सेढाईंलाई ह्याम्स अस्पतालमा शनिबार डा.ढकाल, डा. न्यौपाने, डा. बुढाथोकी, प्लास्टिक सर्जन डा. कृष्ण मानन्धर, पारामेडिक्सतर्फ सरोज चौधरी र बली जंग शाहीले उपचार गरेका थिए।
शनिबार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते भएका उनको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अस्पतालको बिज्ञप्तिमा उल्लेख छ। साथै उनको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको अस्पतालले जानकारी दिएको छ।
घाइते पाइलटको उपचार ह्याम्समा इमरजेन्सी कक्षमा सुरु गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उनको शरीर र हातको उपचारका लागि ह्याम्सको अपरेसन कक्षमा ुडेब्रिडेमेन्टु र ुइस्कराटोमीु गरी उपचार भएको थियो।
हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७ बजेर १३ मिनेटमा लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको ९ एनएएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको थियो।