काठमाडौं। सबैभन्दा ठूलो स्टोर भाटभटेनी सुपरमार्केटले दसैं, तिहार र छठको अवसरमा ग्राहकलाई उपहारको बहार ल्याएको छ। चाडबाडको अवसरमा सामान किन्ने ग्राहकले लक्कि ड्र मार्फत उपहार सार्वजनिक गरेको हो।
भाटभटेनी सुपरमार्केटका चिफ अपरेटिङ अफिसर्स पानु पौडेलले मुलुकभर २६ वटा स्टोरमा ३० करोड रुपैयाँ बराबरको उपहार राखिएको जानकारी दिए।
ग्राहकलाई एउटै छानामुनीबाट आफुलाई चाहिने सम्पूर्ण सामानहरु उपलब्ध गराउदै आएको भाटभटेनीले चाडबाडको बेलामा वार्षिक रुपमा विषेश अफर ल्याइरहेको छ। ग्राहक केन्द्रित योजना शनिबारदेखि लागु भएको उनले बताए।
ग्राहकले सेन्चुरीका उत्पादनको खरिद गर्नेले सुजुकी अल्टो कार, २ हजार पाँच सय सम्मभन्दा माथिको सामान खरिद गर्नेमध्ये एकले टाटाको कार प्राप्त गर्ने भाटभटेनीका सीओओ पौडेलले जानकारी दिए। यस्तै युनिलिभरका उत्पादन खरिद गर्नेले स्कुटर, वासिङ मेसिन, आईफोन र एलईडी टीभी प्राप्त गर्नेछन।
सीतारामका उत्पादन (दूधबाहेक) खरिद गर्नेले वासिङ मेसिन, रेफ्रिजेरेटर, टीभी र इन्डक्सन उपहार पाउनेछन। त्यसैगरी भाटभटेनीका सबै स्टोरमार्फत गार्मेन्टस्, जुत्ता, सारी र कुर्ता खरिदमा नगद दिनेलाई १० प्रतिशत छुट प्राप्त गर्नेछन।
गार्मेन्टस, जुत्ता, सारी र कुर्ता खरिद गर्दा डेबिट वा क्रेडिट कार्ड वा क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट पाइनेछ। यसका लागि एनआईसी एसिया बैंक, हिमालयन बैंक, प्रभु बैंक र एनआईएमबी बैंकका कार्ड वा क्यूआर हुनुपर्नेछ।