काठमाडौं। नेपाली कामदारको प्रमुख श्रम गन्तव्य हो— कतार। यहाँ ५ लाखभन्दा बढी नेपाली कामदार छन्। सन् २००४ मा कामकै खोजीमा कतार पुगेका जनकपुरका अब्दुल वासिद पनि तीमध्येकै एक हुन् । कामदार भएर कतार गएका वासिदले १४ वर्षमा आफ्नो करिअरको परिचय मात्र फेरेनन्, उनी नेपाल र मध्यपूर्वका मिडियामा पनि छाउन थालेका छन्।
पछिल्लो पटक कतारबाट नेपाल आउँदा मिडियाले उनलाई पछ्याइरहेका थिए। हामी काठमाडौंको शेर्पा मलको हेडलाइन्स रेस्टुरेन्टमा पुग्दा उनले एउटा टेलिभिजन कार्यक्रम र अर्को एक अनलाइनलाई अन्तर्वार्ता दिएर बसेका थिए। १४ वर्षअघि वेटरका रुपमा कतार छिरेका वासिदले नेपाल र कतारमा आफ्नो करिअर बनाउन ठूलै सङ्घर्ष गर्नुपर्यो। त्यही सङ्घर्षले उनलाई कतारमै व्यवसायी बनायो। सफलता पनि दिलायो। र, त्यही सफलताको कथालाई जनसमक्ष पुर्याउन उनलाई मिडियाले पछ्याउन थाले।
देशमा राजनीतिक परिवर्तन हुँदै थियो। देशका केही भूभागमा आन्दोलन भइरहेका थिए । मधेस पनि अशान्त थियो। क्याटरिङ व्यवसायमा बुबालाई सघाइरहेका वासिद नेपालमा सन्तुष्ट भएनन्। अनि कतार पुगे । वेटर भिसामा गएका वासिदलाई सम्झौताअनुसार काम मिलेन।
कतार पुर्याउने एजेन्ट र म्यानपावरले ठग्यो। रेस्टुरेन्ट पुगेपछि सबै काम गर्नुप¥यो । उनलाई तत्काल फर्किन मन लागेको थियो। तर गाउँबाट आएपछि छिट्टै फर्किंदा पनि काम गर्न नसकेर फर्कियो भन्छन् भन्ने एकातिर थियो भने अर्कोतिर बुबाले ७० हजार रुपैयाँ ऋण खोजेर पठाएका थिए। त्यो पनि तिर्नु थियो। त्यसैले उनी एक वर्षपछि नेपाल फर्किए।
एक वर्षपछि नेपाल फर्किंदा पनि नेपालमा आन्दोलन र विरोध भइरहेका थिए। मधेसमा आफ्नो हक अधिकारका लागि आन्दोलन झनै उग्र हुँदै थियो। मधेसका युवाहरु विस्थापित भइरहेका थिए । कामको खोजीमा बिदेसिनेहरुको सङ्ख्या बढेकै थियो ।
कतार पुर्याउने एजेन्ट र म्यानपावरले ठग्यो। रेस्टुरेन्ट पुगेपछि सबै काम गर्नुप¥यो । उनलाई तत्काल फर्किन मन लागेको थियो। तर गाउँबाट आएपछि छिट्टै फर्किंदा पनि काम गर्न नसकेर फर्कियो भन्छन् भन्ने एकातिर थियो भने अर्कोतिर बुबाले ७० हजार रुपैयाँ ऋण खोजेर पठाएका थिए। त्यो पनि तिर्नु थियो। त्यसैले उनी एक वर्षपछि नेपाल फर्किए।
वासिदलाई नेपालमा आएर पनि के गर्ने कुनै योजना बनेन । अनि क्याटरिङ व्यवसायलाई उनले पूर्ण रुपमा बन्द गरे । पहिला भाइलाई कतार पठाए र पुनः उनी कतार पुगे । यस पटक कतार पुग्दा उनी फरक कम्पनीमा गएका थिए । त्यहाँ अलि लामो समय काम गरे । पहिलाको कतार बसाइ र पछिको कामले उनलाई अनुभव बढ्दै गयो । उनले त्यहाँ व्यवसायको सम्भाव्यता अध्ययन गरे । बजार अध्ययन गर्न थाले । र सानै भए पनि व्यवसाय गर्छु भन्ने उनलाई लाग्यो ।
कतार आप्रवासी कामदारले बनेको मुलुक हो । गर्मी पनि उधुमै हुने । त्यसैले गर्मीको व्यापार, निर्माण सामग्रीको व्यापारमा राम्रो हुने उनले देखे । र सुरु गरे त्यसैको व्यापार । तीन चार वर्षसम्म कतारकै बजारबाट सामान खरिद गरेर कम्पनीहरुमा बिक्री गर्न थाले । बिल्डिङ मेटेरियल र कामदारले लगाउने सुरक्षाका सामान विभिन्न कम्पनीमा पुर्याउन थाले ।
यो व्यवसायबाट राम्रो त भइरहेको थिएन । तर उनमा व्यवसायबारे झन् बढी अनुभव बढ्दै गयो । त्यसपछि त्यहीँ कुलर, इलेक्ट्रिक सामान बिक्री गर्न थाले । माग बढ्दै गयो । आफ्नो मिहिनेत, आफ्नै बजार प्रवद्र्धन तर ब्रान्ड अरुको थियो । त्यसपछि वासिदले आफ्ना भाइलाई आफ्नै कम्पनीमा ल्याउने र आफूले पनि नयाँ ब्रान्डमा सामान उत्पादन गर्ने योजना बनाए । सन् २०११ मा अब्दुल हाफिज ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ कम्पनी स्थापना गरे ।
किङ कुल यूएस ब्रान्डमार्फत कुलर सिस्टम बिक्री गर्न थाले । पहिलो ब्रान्डको कुलर बजारमा आएपछि त्यसले बजार लिन थाल्यो । त्यसपछि एयर कन्डिसनलगायत इलेक्ट्रिक सामान ल्याउने योजना बनाए । ब्रान्डको नाम जु¥यो— बेलाको । सन् २०१५ देखि बेलाको यो ब्रान्डका विभिन्न सामान कतारी बजार छ्यापछ्याप्ती छन् । एक महिनादेखि यूकेमा समेत पुगेका छन् । आउट डोर कुलर, मिस्टिङ फ्यान, ड्रम फ्यान, वाल फ्यान, भ्यान्टिलेसन फ्यान, इन्ड्रसियल फ्यान, आउटडोर हिटरजस्ता सामानले कतारमा वासिदको व्यवसाय बढाउँदै लगेका छन् ।
वासिदको घर धनुषा जनकपुको बेला भन्ने गाउँमा हो । कतारमै दुई जना साथीबीच कुराकानी गर्दा अब्दुल वासिद कहाँको भनेर कुरा हुँदा एउटा साथीले जनकपुर बेलाको भनेपछि उनले त्यो नामलाई नै ब्रान्ड बनाए । ‘कतारमा काम र व्यवसायले मलाई धेरै कुरा सिकायो, म जनकपुरको बेलाबाट गएको थिएँ, दुई साथीले बेलाको अब्दुल वासिद भनेपछि त्यही नामलाई ब्रान्ड बनाउन मन लाग्यो । र त्यसैलाई अगाडि बढायौं,’ वासिदले भने ।

सुरुमा एजेन्टलाई पैसा तिरेर गएको ठगिएको महसुस भएको उनको भनाइ छ । एउटा काममा गएको अर्को काम परेको र फर्किएर आएका थिए उनी । ‘पुनः सङ्घर्ष गरेपछि एउटा ब्रान्ड बनाउन सफल भयौं, सङ्घर्षका दिन साहै्र कठिन थिए,’ उनले भने ।
कम्पनी स्थापना भयो, लगानी सानो थियो ६ महिनासम्म आम्दानी थिएन । खर्च बढिरहेको थियो । स्टाफहरुलाई तलब दिन पनि गाह्रो भइरहेको थियो । त्यसपछि आफ्नै ठूला दाजुलाई बोलाउने र रणनीतिक रुपमा बजारमा जाने योजना वासिद दाजुभाइले बनाए । साउदी अरबमा रहेका आफ्ना ठूला दाजुलाई पनि कतार बोलाएपछि एयर कन्डिसनको व्यवसायमा रातदिन लागे । आफैंले आफ्नै ब्रान्डमा चीनबाट सामान मगाएर बिक्री गर्न थालेपछि यसले कतारमा बजार लिन थाल्यो । अहिले बेलाको ब्रान्ड यूके पुगेको छ । मध्यपूर्वका अरु देशमा पनि फैलिँदै छ ।
अब्दुल वासिद, अब्दुल हाफिज र अब्दुल कदिर वासिद तीन दाजुभाइले अहिले विभिन्न कामलाई बाँडेर ब्रान्डलाई फैलाउन लागिपरिरहेका छन् । आफैंले व्यवसाय गर्दा पनि सोरुम सञ्चालनमा ल्याउन सकेका थिएनन् वासिदले । त्यसैले एउटै घरमा आफूहरु माथि बस्ने र तल सामान बेच्ने गरेका थिए । कम्पनीको सामानको मार्केटिङ गर्दा कतारको ४०र५० डिग्री गर्मीमा हिँडेर नै पुग्ने गरेका थिए ।
बेलाको ब्रान्डको चर्चा त्यतिखेर चुलियो, जतिखेर कतारमा भएको प्रोजेक्ट कतार एक्जिबिसनमा यसको सहभागिता भयो । पहिलो पटक नेपाली व्यवसायीको ब्रान्ड सहभागिता भएको प्रदर्शनीबाट यसको चर्चा अझ बढ्यो । विश्वका प्रख्यात ब्रान्डहरुको बीचमा नेपाली व्यवसायीको ब्रान्ड प्रदर्शनीमा हुँदा विश्वका विभिन्न मुलुकबाट आएका कम्पनीका प्रतिनिधिले सोधखोज गरेर विभिन्न एप्रोचसमेत राख्न थाले ।

प्रदर्शनीमा बेला ब्रान्डको सहभागिता भएपछि विभिन्न अफर पनि आए । मिलेर काम गरौं भन्नेदेखि लिएर संयुक्त लगानीमा उत्पादन थाल्ने अफर पनि आएको वासिद बताउँछन् । ‘कतारको शेख, राजा तथा प्रधानमन्त्रीहरुको निवास र कार्यालयहरुमा पनि अहिले बेलाको ब्रान्डका उत्पादन पुगेका छन्,’ वासिदले भने, ‘१४ वर्षअघि जुँगाको रेखी बस्दै गर्दा म कतार पुगेको थिएँ । सुरुको काम र त्यसपछि आफैं व्यवसाय गर्नुपर्दा दुुवै समयमा धेरै नै दुःख गर्नुपर्यो । त्यही दुःखले अहिले मध्यपूर्वमा नेपालीको शिर ठाडो हुने गरी काम गरिरहेका छौं ।’
बेलोको ब्रान्डलाई विश्वभर पु¥याउने वासिदको सपना छ । ‘कतार र आसपासका मुलुकमा हाम्रा उत्पादन जान थालेका छन्, बेलायत पनि पुगिसकेका छन्,’ उनले भने । अझ ५र६ मुलुक पुग्यो भने बेला ब्रान्डलाई नेपाल भित्र्याउने योजना पनि वासिदको छ । ‘नेपालमै प्लान्ट राखेर उत्पादन गरी अन्तर्राष्ट्रिय रुपमा लैजाने सपना मैले देखेको छु,’ उनले भने ।
जे कुरा जहाँ हराएको छ, त्यहीँ गएर खोजियो भने भेटिने सम्भावना हुन्छ । कतारमा पुगेर आफ्नो करिअर अन्योलमा देखेका वासिद कतारमै पुगेर करिअरलाई नयाँ उचाइमा पुर्याइरहेका छन् ।
(क्यापिटल बिजनेस म्यागजिनबाट)