काठमाडौं। चेरी इन्टरनेसनलले नेपालमा आफ्नो फ्ल्यागशिप भेरियन्ट ओमोडा ५ इभी ल्याउने भएको छ। केही दिन अघि ओमोडाको चिनियाँ टोलीले लाइभस्ट्रिम कार्यक्रम सञ्चालन गरेको थियो।
ओमोडाका सीएमओ, लिलियन जिओंग र प्रबन्ध निर्देशक, कायपानद्वारा संचालित यो लाइभस्ट्रिम कार्यक्रम चीनबाट भएको थियो, जसमा शारदा समूहका अतिथि र मिडियाका प्रतिनिधी अनलाइन लाइभस्ट्रिममार्फत् उपस्थित थिए।
चेरी इन्टरनेसनलले विश्वभरका उद्योगमा महत्वपूर्ण प्रगति गरेको छ, जसमा निर्यात मात्रा ३ मिलियन एकाइभन्दा बढी रहेको कम्पनीको छ।
यसको बाहिरी भागमा स्पोर्टी एक्स आकारको फ्रन्ट फेस छ, जुन हावा प्रतिरोधका लागि अनुकूल छ। साथै सही सन्तुलन कायम राख्न गतिशील बडी लाइनहरू पनि यसमा छन्।
यसको मुख्य विशेषताहरू मध्ये एक यसको स्मार्ट हल्का ब्याट्री हो, जसले ब्याट्रीको आयु बढाउँछ र भि२एल प्रविधि भएकाले रेन्जको समस्या नहुने कम्पनीको दाबी छ।
यसमा ८१५५ क्वालकम स्मार्ट चिप, १६ प्रकारका एडीएएस सोनी स्पिकर, असिस्टेड ड्राइभिङ सुविधा छ। यो गाडी दुईवटा ब्याट्री विकल्पहरूमा उपलब्ध हुनेछ। ६१ किलोवाट आवर ब्याट्री भएको भेरियन्ट पहिले लन्च गरिनेछ भने त्यसपछि ४० किलोवाट आवरको ब्याट्री रहेको छोटो दायरा भेरियन्ट लन्च गरिने छ।