काठमाडौं । नेपाली बजारमा आइफोन – १५ सिरिज उपलब्ध भएको छ। बहुप्रतिक्षित मानिएको आइफोन – १५ सिरिज शुक्रबारबाट नेपाली बजारमा उपलब्ध भएको हो।
हाल आइफोन – १५, आइफोन – १५ प्लस, आइफोन – १५ प्रो र आईफोन – १५ प्रो म्याक्स नेपाली बजारमा उपलब्ध छन्। आइफोन – १५ अन्तर्गत १२८ जीबीको १ लाख ५७ हजार, २५६ जीबीको १ लाख ७६ हजार र ५१२ जीबीको २ लाख १४ हजार रुपैयाँ मूल्य रहेको छ।
त्यस्तै, आइफोन – १५ प्लस अन्तर्गत १२८ जीबीको १ लाख ७६ हजार, २५६ जीबीको १ लाख ९५ हजार र ५१२ जीबी २ लाख ३३ हजार मूल्य रहेको छ।
आइफोन – १५ प्रो अन्तर्गत १२८ जीबीको १ लाख ९५ हजार, २५६ जीबीको २ लाख १४ हजार, ५१२ जीबीको २ लाख ५३ हजार र १ टीबी २ लाख ९० हजार रहेको छ।
आइफोन – १५ प्रो म्याक्सअन्तर्गत २५६ जीबीको २ लाख ३३ हजार रुपैयाँ, ५१२ जीबीको २ लाख ७१ हजार र १ टीबी ३ लाख ९ हजार मूल्य रहेको छ।
यस्तो छ विशेषता
आइफोनका सबै मोडेलमा कम्पनीले टाइप–सी पोर्ट प्रदान गरेको छ। यूएसबी टु को तुलनामा २० गुणा तीव्र गतिमा डेटा ट्रान्सफर गर्नेछ। कम्पनीले आइफोन – १४ प्रो र प्रो म्याक्स मोडेलमा मात्र उपलब्ध डाइनामिक आईल्यान्ड फिचर आइफोन – १५ लाइनअपका सम्पूर्ण मोडेलमा उपलब्ध भएको छ।
आइफोन–१५ मा र आइफोन–१५ प्लसमा समान ४८ मेगापिक्सेलको मुख्य दिइएको छ। यी दुवैमा १२ मेगापिक्सेलको अल्ट्रावाइड एंगल लेन्स पनि उपलब्ध छ। आइफोन–१५ प्रोमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रावाइड एंगल र १२ मेगापिक्सेलको टेलिफोटो लेन्स हुनेछ।
यसको अर्को भेरिएन्ट आइफोन–१५ प्रो म्याक्समा ४८ मेगापिक्सेलको सोनी आइएमएक्स ९ सय ३ सेन्सर, १२ मेगापिक्सेलको अल्ट्रावाइड एंगल लेन्स र १२ मेगापिक्सेलको टेलिफोटो पेरिस्कोप लेन्स छ।
आइफोन–१५ र आइफोन–१५ प्लस मिडनाइट ब्ल्याक, स्टारलाइट ह्वाइट, रेड, लाइट ब्लु र लाइट पिंक रङमा उपलब्ध गराइएको छ भने आइफोन–१५ प्रो र प्रो म्याक्स मोडेल टाइटन ग्रे, डार्क ब्लु, सिल्भर र स्पेस ब्ल्याक रङमा अप्सन दिइएको छ।