काठमाडौं। अमेरिकी सहयोग परियोजना (एमसिसी) अन्तर्गत नेपालमा निर्माण हुन लागेको ३ सय १४ किलोमिटर लामो ४०० केभी प्रसारणलाइनको ठेक्का रद्द भएको छ।
एमसिसीको प्रसारण लाइन समस्या अध्ययन गर्न समिति गठन, तीन विकल्पमा छलफल
यसअघि आह्वान भएको ठेक्कामा निर्माण कम्पनीले परियोजनाले अनुमान गरेभन्दा ६० प्रतिशत लागत बढी प्रस्ताव गरेपछि ठेक्का रद्द भएको हो। एमसिसी परियोजना असफल बनाउन एमसिए नेपाल नै सक्रिय!
एमसिसीको नेपालस्थित सम्पर्क कार्यालय ‘मिलेनियम च्यालेन्ज एकाउन्ट’ (एमसिए नेपाल) ले सूचना जारी गर्दै पहिलाको ठेक्का आह्वान रद्द भएको जनाएको छ।
एमसिसी परियोजनामा बजेट अभाव भएपछि सडकको लम्बाइ आधा घट्यो
करिब एक महिना पहिला एमसिए नेपालले लागत प्रस्ताव बढी परेपछि कसरी अघि बढ्ने भन्ने विषय अध्ययन गर्न समिति गठन गरेको थियो। उक्त समितिले पुनः ठेक्का निकाल्नुपर्ने सुझाव दिएपछि ठेक्का रद्द गरेर अघि बढ्न लागेको एमसिए नेपाल स्रोतले जनाएको छ। यद्यपि, फेरि ठेक्का आह्वान हुने समय भने अहिले निश्चित छैन। एमसिसी प्रसारण लाइन निर्माण गर्ने कम प्रस्तावक कम्पनीसँग ‘निगोसिएसन’ गर्दै एमसिए नेपाल
एमसिए नेपाललले ३ लटमा ३१५ किलोमिटर लामो ४०० केभी प्रसारणलाइन बनाउन २०७९ मंसिर १२ मा अन्तर्राष्ट्रिय ठेक्का आह्वान गरेको थियो। ३ लट अन्तर्गत काठमाडौंको लप्सीफेदीदेखि रातमाटे–न्यु हेटौंडा (११७ किमि) पहिलो खण्ड, रातमाटे–न्यु दमौली (९० किमि) दोस्रो खण्ड र न्यु दमौली–न्यु बुटवल हुँदै भारतीय सीमासम्म (१०८ किमि) तेस्रो खण्ड पर्छन्।
परियोजनाले प्रसारण लाइनसँगै ट्रान्समिसन लाइन र सडक निर्माण गर्ने सम्झौता भएको छ। हालसम्म कुनै कामको निर्माणको प्रक्रिया अघि बढेको छैन। पूर्व तयारीको काम नसकी एमसिए नेपालले गत भदौं १३ गते निर्माणको चरणमा प्रवेश गरेको घोषण गरेको छ।
अमेरिकाले ५० करोड डलर सहयोग रकम दिएर सञ्चालन गर्न लागेको परियोजना ५ वर्षभित्र सम्पन्न नभए बाँकी रहेको रकम फिर्ता लानेछ। एमसिए नेपालले २२ करोड ६ लाख अमेरिकी डलरमा प्रसारण लाइन बनाउन सकिने अनुमान गरेको थियो।
तर, निर्माण कम्पनीहरूले ३ लटका लागि प्रस्ताव गरेको सबैभन्दा कम आर्थिक मूल्य जोड्दा ३६ करोड ५९ लाख ४८ हजार १ सय १६ डलर हुन्छ। उक्त रकम एमसिए नेपालको लागत अनुमानभन्दा १४ करोड ५३ लाख डलर बढी हो।
एमसिए नेपालले गठन गरेको समितिले रिटेण्डर गर्ने, लट संख्या घटाउने र निगोसिएसन गर्ने विषयमा छलफल गरेको थियो। रि–टेण्डर गर्दा रि–डिजाइन गर्नुपर्ने हुन्छ। रि–डिजाइन गर्न ५÷६ महिना र ठेक्का आहवान गर्दा करिब २ महिना गरी कम्तिमा ८ महिनासम्म समय लम्बिने छ। जसले गर्दा ५ वर्षमा परियोजना सम्पन्न गर्न एमसिए नेपाललाई चुनौती बढ्दै गएको छ।