काठमाडौं। १६ वर्षअघि स्थापना भएको सिटिजन्स इन्टरनेसनल बैंक ‘कान्छो पुस्ता’ को बैंक हो। सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ८७ वर्षअघि स्थापना भएका अग्रजलाई समेत पछि पार्दै सिटिजन्स डिजिटल बैंकिङमा फड्को मार्ने प्रयासमा अघि बढेको हो।
सरकार र राष्ट्र बैंकको ‘डिजिटल नेपाल’ रणनीति सार्थक बनाउन बैंकिङ क्षेत्रको योगदान अपरिहार्य छ। बैंकिङ क्षेत्रको योगदानमा सिटिजन्स अग्रणी हुन ‘डिजिटल बैंकिङ प्रोत्साहन रणनीतिक योजना’ बनाएर अघि बढिरहेको छ। मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्डबाट हुने कारोबार प्रोत्साहन गर्दै बैंकले डिजिटल बैंकिङमा नयाँ आयाम थप्दै गएको हो।
बैंकले स्थापनाको तेस्रो वर्षदेखि नै डिजिटल बैंकिङलाई प्राथमिकतामा राखेर व्यावसायिक रणनीति बनाउन थालेको हो। २०६४ सालमा स्थापना भएको सिटिजन्सले २०६७ सालमै एसटिसी कार्र्ड परिमार्जन गर्दै भिसा डेबिट र क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो।
१३ वर्षअघि सुरु गरेको डिजिटल बैंकिङ प्रोत्साहन रणनीति निरन्तरता दिँदै बैंकले मोबाइल बैंकिङ र कार्ड प्रयोगकर्तालाई विभिन्न क्षेत्रका सेवामा २५ हजार रुपैयाँसम्म छुट दिँदै आएको छ। यही डिजिटल बैंकिङमा प्रोत्साहन रणनीतिले नेपालका सुगमदेखि दुर्गम क्षेत्रमा सिटिजन्स ‘क्यासलेस बैंक’ बन्दै गएको छ।
बैंकले विभिन्न क्षेत्रका करिब २ सय सेवा प्रदायक संघसंस्थासँग सम्झौता नै गरेर डिजिटल बैंकिङलाई प्रोत्साहन गरिरहेको छ। जसले गर्दा सिटिजन्स बैंकको उपस्थिति रहेका सुगमदेखि दुर्गम क्षेत्रका ग्राहक क्यासलेस बैंकिङमा अभ्यस्त हुँदै गएका छन्।
नेपालको दुर्गम भनिएका कर्णाली प्रदेशका जुम्ला, हुम्ला सिमिकोट र बझाङमा सिटिजन्स बैंक पुगेको छ। उक्त क्षेत्रका ग्राहक भौतिक उपस्थितिमा नगद कारोबारभन्दा डिजिटल ‘प्लेटफर्म’ प्रयोगमा नगदरहित कारोबार बढी गर्ने बैंकका ट्रान्ज्याक्सन बैंकिङ हेड सुयेशकुमार पौडेल बताउँछन्।
‘पहिलेको तुलनामा अहिले बैंकमा भौतिक उपस्थिसत धेरै घटेको छ भने अधिकांश कारोबार डिजिटल प्लेटफर्ममार्फत् भइरहेका छन्,’ पौडेलले क्यापिटल नेपालसँग भने, ‘क्यासलेस बैंकिङलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं। सोहीअनुसार हामीले सुगममात्रै नभएर दुर्गम क्षेत्रका ग्राहकलाई पनि समेट्ने गरी डिजिटल बैंकिङलाई प्रोत्साहनको रणनीतिक योजना अघि सारेर काम गरिरहेका छौं।’
भविष्यमा सिटिजन्स बैंक नेपालको पहिलो क्यासलेस डिजिटल बैंक हुने योजनामा छ। डिजिटल बैंकमा प्रोत्साहनका योजना अघि सारेर काम थालेको हो। पौडेलका अनुसार बैंकको ८० प्रतिशत कारोबार डिजिटल माध्यमबाट हुन थालेको छ भने यसलाई सतप्रतिशत बनाउने प्रयासमा बैंकले प्रोत्साहनको रणनीतिक योजना बनाएको उनको भनाइ छ।
डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न बैंकले पछिल्लो समय धेरै खर्च गरिरहेको छ। बैंकले चालू आर्थिक वर्ष पहिलो महिनादेखि नै डिजिटल बैंकिङमा प्रोत्साहन गर्न सुरु गरेको हो। डिजिटल बैंकिङ प्रोत्साहन गर्दै अघिल्ला वर्षभन्दा पृथक तरिकाबाट चाडपर्व लक्ष्यित अफरका योजना सार्वजनिक गरिसकेको छ भने केही योजना ल्याउने तयारीमा छ।
डिस्काउन्ट तथा अफर
डिजिटल कारोबार प्रोत्साहन गर्न सिटिजन्स बैंकले विभिन्न सेवा प्रदायक संघसंस्थासँग मिलेर सहकार्य गर्दै आएको छ। बंैकको मोबाइल बैंकिङ तथा कार्डवाहक ग्राहकका लागि विभिन्न अस्पताल, होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, क्लिनिक, म्युजियम, पार्कलगायत करिब २ सय सेवा प्रदायक संस्थामा डिस्काउन्टको व्यवस्था गरेको छ।
बैंकका मोबाइल बैंकिङ तथा कार्डमार्फत भुक्तानी गर्ने ग्राहकले ४९ अस्पताल, क्लिनिक र ल्याब तथा फार्मेसी, ९१ होटल, रेस्टुरेन्ट तथा रिसोर्ट, ५ अनलाइन प्लेटफर्म, ७ डेन्टल हस्पिटल, ४ सौन्दर्य सेवासम्बन्धी संस्था, ३ ट्राभल एजेन्सी, ७ गिफ्ट सप, लुगा, कस्मेटिक, आभूषण, साइकल र इलोक्ट्रोनिक पसलमा ५ देखि ५० प्रतिशतसम्म छुट पाउँछन्।
साथै, बैंकले एक क्याफे, एक सिनेमा घर, एक कन्सल्टेन्सी, एक ड्राइभिङ स्कुल, एक फिटनेस क्लब, एक स्टेसनरी, पोखरा अन्नपूर्ण केबुलकारमा २५ प्रतिशत, हिमालयन प्याराग्लाइडिङमा १५ प्रतिशत र म्युजियममा १० प्रतिशत, टोखा र भृकुटीमण्डप फन पार्कमा १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ। जसमा बैंकले सेवामा ५ प्रतिशतदेखि ५० प्रतिशतसम्म र रकममा २५ हजार रुपैयाँसम्म छुटको व्यवस्था गरेको छ।
यस्तो छुट अन्य अधिकांश बैंकले स्वदेशी सेवा प्रदायक संघसंस्थामा मात्रै सीमित गरिरहेका छन्। सिटिजन्स बैंकले भने भारतका अस्पतालमा पनि आफ्ना ग्राहकलाई डिजिटल भुक्तानी गर्दा भारतको प्रसिद्ध मेदान्ता र एपोलो अस्पतालमा समेत बंैकका ग्राहकले यस्तो सुविधा पाउने व्यवस्था गरेको छ। बैंकले भारतका २ सहित नेपालका ४६ अस्पतालमा डिजिटल भुक्तानी गर्ने ग्राहकलाई १० देखि ५० प्रतिशतसम्म छुट दिइरहेको छ।
त्यस्तै सिटिजन्सले दराज अनलाइनमा सपिङ गर्दा प्रत्येक बिहीबार ५ सयसम्मको डिस्काउन्ट प्रदान गर्दै आएको छ भने पहिलो कार्ड कारोबारमा १ सय ५० सम्मको डिस्काउन्ट प्रदान गर्दै आएको छ। कार्डबाट हुने कारोबार प्रोत्साहन गर्न दराजमा सपिङ गरेर भुक्तानी गर्दा पहिलो भुक्तानीमा १० प्रतिशत वा १५० रुपैयाँसम्म छुट दिएको छ। यस्तो छुट योजना बैंकले गत भदौ १ देखि नै सुरु गरेको हो। यस्तो अफरका योजना बैंकले दसैंसम्म सञ्चालन गर्ने जानकारी दिएको छ।
दसैं लक्ष्यित अफर योजना
बैंकले चार्डपर्व लक्ष्यित डिजिटल बैंकिङ प्रोत्साहन गर्दै असोज २८ देखि कात्तिक ४ सम्म सिटिजन्स बैंकका कार्ड प्रयोगकर्तालाई २ हजार रुपैयाँसम्म छुट तथा ५ सय रुपैयाँसम्म क्यासब्याक योजना ल्याउने तयारी गरेको छ। कात्तिक ४ देखि ९ सम्म सिटिजन्सको मोबाइल बैंकिङमार्फत् रकमान्तर गर्ने ग्राहकले ३ सय रुपैयाँसम्म क्यासब्याक पाउँछन्।
यस्तो अफरको लाभ लिन भने ग्राहकले न्यूनतम ५ सय रुपैयाँसम्म कारोबार गरेको हुनुपर्ने छ। चाडपर्व लक्ष्यित अफरका समयमा मोबाइल बैंकिङ कारोबार गर्ने ग्राहकलाई बैंकले स्मार्ट फोन, ओभन, इयर–पड, एयर फायर उपहार दिने छ। यस्तो उपहार योजना बैंकले कात्तिक ८ सम्मका लागि ल्याएको हो।
कार्ड तथा एटिएम सेवा
सिटिजन्स बैंकले नेपाल तथा विदेशमा समेत सञ्चालन गर्न मिल्ने गरी एपिआर र युएसडी डेबिट/क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ। यसैगरी विदेश भ्रमण जाने ग्राहकका लागि युएसडी ट्राभल कार्डसमेत सञ्चालनमा ल्याएको छ। जसअनुसार विदेश जाने नेपालीले सटही सुविधा स्वरुप २ हजार ५ सय अमेरिकी डलरसम्मको सटही सुविधा यसै कार्डबाट समेत खर्च गर्न पाउनेछन।
त्यसैगरी नेपालमै बसेर अनलाइनमार्फत वस्तु तथा सेवा प्रयोग गर्ने उद्देश्यले ५ सय डलरसम्मको ई–कम कार्ड सुविधासमेत बैंकले प्रदान गर्दै आएको छ। यस्तो सुविधा प्राप्त गर्न ग्राहकले सिटिन्जन्स बैंकमा खाता खोल्नुका साथै प्यान नम्बर उपलब्ध गराउनुपर्ने छ, जसका आधारमा वार्षिक ५ सय डलरसम्म कार्डबाटै अनलाइन कारोबार गर्ने सुविधा उपलब्ध गराउने छ।
बैंकले चाइनिज यूपीआई कार्ड समेत सञ्चालन गरिरहेको छ भने, भारत र नेपालमा चल्ने नेपाली कार्ड र संसारको जुनसुकै ठाँउमा चल्ने डलर कार्ड सञ्चालन गरिरहेको छ। यस्ता कार्डमा डेबिड कार्ड र क्रेडिट कार्ड दुबैका सेवा उपयोग गर्न सकिने बैंकले जनाएको छ।
बैंकले तत्काल कार्ड आवश्यक भएका ग्राहकहरुलाई लक्षित गरि इन्स्टन कार्ड दिने व्यवस्था पनि मिलाएको छ। यस्तो सेवा एनपिआर र डलर दुवै किसिमका कार्डमा उपलब्ध छ। सामान्यतय भिसा कार्ड र क्रेडिट कार्ड ग्राहकको हातमा आउन लाग्ने समय ३ दिनदेखि १ महिनासम्मको हो। तर, बैंकले इन्स्टन कार्डमा डेबिट र क्रेडिट कार्डकै सेवा समावेश गर्दै ग्राहकले उक्त कार्ड तुरुन्तै पाउन सक्ने व्यवस्था मिलाएको छ।
यस्तै, बैंकले आफ्ना विभिन्न शाखाहरुबाट जिआरई, जिम्यार्ट, टोफिल र भिजा प्रोसेसिन जस्ता सेवाहरुको अनलाइन भुक्तानी समेत गर्ने व्यवस्था मिलाएको छ। यसबाट डलर खाता नहुने ग्राहकहरुले समेत यस्तो सेवाहरु सरल रुपमा प्राप्त गर्न सक्नेछन्।
बैंकले देशका सुगमदेखि दुर्गम क्षेत्रका सबै शाखा कार्यालयहरुमा एटिएम मेसिनको सेवा दिएको छ। बैंकले काठमाडौंको दरबारमार्ग, कलङ्की, नयाँ बजार, बुटवल, वीरगञ्ज, विराटनगर, बजारमा चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ। यस्ता मेसिन प्रयोगमा आएपछि बैंकको काउन्टरमा पुगेर चेक डिपोजिट गर्नु पर्ने झन्झट ग्राहकलाई कम भएको छ। यी मेसिनहरुमा जुन सुक बैंकको चेक पनि सिटिजन्सको खातामा जम्मा गर्न सकिने पौडेल बताउँछन्। भविष्यमा यस्तो सेवा देशभर फैलाउने योजनामा बैंक छ।
मोबाइल बैकिङ
सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग सेवा सहज, सरल र विश्वसनिय हुनुका साथै विभिन्न सुविधा एवं विशेषताले युक्त छ। नेपाली बैंकिङ्क क्षेत्रकै उत्कृष्ट विशेषताले भरिपूर्ण मोबाइल बैंकिङ्ग सेवामा परम्परागत खाताको विवरण हेर्ने, रकमान्तर गर्ने बाहेक विभिन्न बिल पेमेन्ट, कार्डलेस भुक्तानी, भिषा कार्ड अनुरोध, अनलाइन मुद्दति खाता खोल्ने सुविधा, अनलाइन अपोइन्टमेन्ट सिस्टम साथै क्यू आर भुक्तानी जस्ता सेवा प्रदान गरेको छ। बैंकले अंग्रेजीबाहेक नेपाली भाषामा समेत मोबाइल बैकिङ्ग प्रयोग गर्ने सुविधा बैंकले प्रदान गरेको छ।
सिटिजन्स बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ता करिब ७ लाखभन्दा बढी छन्। यी प्रयोगकर्तामध्ये दैनिक ५० हजारभन्दा बढीले औषतमा ५० करोड रुपैयाँ मोबाइल बैंकिङ कारोबार गर्ने पौडेलले जानकारी दिए।
बैंकले क्यास लेस बैंकिङको लक्ष्य राख्दै प्रोत्साहनका योजना ल्याउँदै गर्दा डिजिटल बैंकिङमा हुने जोखिम न्यूनिकरणलाई समेत ध्यानमा राखेर काम गरिरहेको छ। बैंकले डिजिटल कारोबारमा हुने ठगीका जोखिमलाई न्यूनिकरण गर्न छुट्टै टिम गठन गरी ग्राहकहरुका समस्या समाधानमा २४ सै घण्टा काम गरिरहेको उनले बताए।
‘सम्भावित जोखिमलाई मध्ये नजर गर्दै हामीले समस्या न्यूनिकरणमा छुट्टै टिम नै गठन गरेर काम गर्न थालेका छौं, टिमले आएको समस्यामात्रै नभएर सम्भावित जोखिम समेत पहिले नै निराकरण गरिरहेको छ।’–उनले भने, ‘ओटिपी सेयरमा बढी समस्या आएपछि एसएमएस भेरिफिकेसन राख्यौं यसले गर्दा ठगीका घटनाहरु कम भएका छन्।’
मोबाइल बैंकिङमा कुनै समस्या आएमा समाधानका लागि बैंकले आन्तरिक आइटि रिस्क टिम गठन गरी काम गर्छ। यसरी काम गर्न थाले पछि मोबाइल बैंकिङमार्फत् हुने ठगी धेरै घटेको उनको भनाइ छ।
फोन लोन
मोबाइल बैकिङबाटै कर्जा सुविधा (फोनलोन) तथा प्रिभिलेज बैंकिङ्ग जस्तो विशिष्टिकृत सेवाले गर्दा सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग एपलाई एउटा पृथक, उत्कृष्ट विशेषतायुक्त एप बनाउन मद्दत गरेको छ। बैंकले २ वर्षयता ७ दिन २४ घण्टा फोन लोन सेवा प्रवाह गरिरहेको छ। बैंकले सुरु गरेको फोन लोन हालसम्म कुल ३ करोड ५० लाख रुपैयाँ १८ सयले उपयोग गरिसकेका छन्। बैंकले २ लाख रुपैयाँसम्मको फोन लोन दिन्छ।
यस्तो लोन लिनको लागि बैंकमा खाता खोलेको २ वर्ष पुरा भएको हुन पर्नेछ भने, उक्त खातामा १ वर्षयता नियमित कारोबार भएको हुनु पर्नेछ। निश्चित आम्दानी भइ खाताबाट नियमति कारोबार गर्ने ग्राहकलाई मोबाइल बैंकिङ मार्फत फोन लोन लिन सक्छन्। बैंकले यस्ता ग्राहकको क्रेडिट स्कोरिङ्ग गरेर फोन लाृन लिन योग्य ग्राहकलाई मोबाइल बैंक एपमार्फत् नै जानकारी दिन्छ भने, इच्छुक ग्राहकले मोबाइल बैंकिङ एपमार्फत् नै लोनको आवेदन दिएर तत्कालै लोन पाउँन सक्छन्।
इन्टरनेट बैकिङ
सिटिजन्स बैंकले ग्राहकमैत्री सुविधा प्रदान गर्ने क्रममा इन्टरनेट बैकिङ्ग सुविधा पनि प्रदान गरेको छ। यस अन्तर्गत ग्राहकले स्टेटमेन्ट हेर्ने, रकमान्तर गर्ने लगायत बिल पेमेन्टको सुविधा पनि प्रदान गरिएको छ। ग्राहकहरूलाई इन्टरनेट बैकिङ्ग मार्फत दैनिक २० लाख र मासिक ५० लाख सम्मको कारोबार गर्ने सुविधा प्रदान गरिएको छ । यसैगरी विश्वको जुनसुकै कुनावाट समेत इन्टरनेट बैकिङ्ग सेवा प्रयोग गर्न सकिन्छ।
डिम्याट र आस्वा सुविधा
सिटिजन्स बैंले विभिन्न सरलिकृत सेवा दिने क्रममा डिम्याट तथा आस्वा सेवा समेत प्रदान गर्दै आइरहेको छ। बैंको डिम्याट सेवा छिटो, छरितो र स्तरिय रहेको छ। बैंकले ग्राहकहरुलाई अनलाइनमा मेरोसेयर मार्फत वा बैंका शाखा कार्यालयमा उपस्ति भइ सेयर आवेदन गर्ने सुविधा प्रदान गरेको छ। ग्राहकको सहजताको लागि आफ्नो डिम्याट तथा सि आर एन नम्बर को विवरण मोबाइल बैंकिङबाटै समेत हेर्न सक्ने व्यवस्था बैंकले गरेको छ।
अनलाइन सुविधा
अनलाइन सिस्टम मार्फत प्रभावकारी सेवा प्रदान गर्न र बैंकसम्म नआई सेवा प्रदान गर्न बैंकले नयाँ भिषा कार्ड अनुरोध, पिन अनुरोध, कार्ड बल्क गर्ने सुविधा, जस्ता सेवाहरु अनलाइन तथा मोबाइल बैंकिङमार्फत प्रदान गरिरहेको छ।
यसैगरी ग्राहकहरुले क्युआर कोड रनिष्टेसन अनुरोध, एकाउन्ट नम्बर परिवर्तन, मोबाइल नम्बर परिवर्तन जस्ता अनुरोध पनि अनलाइनबाटै गर्न सक्नेछन्।
त्यसवाहेक मेरोसेयर, सिआरएन नम्बर, मेरोसेयर पासवर्ड, मेरो सेयर नविकरण जस्ता सेवाहरु अनलाइन मार्फत समेत गर्न सक्ने व्यवस्था बैंकले गरेको छ।
रेमिटेन्स सेवा
सिटिजन्स बैंकले संसारको जुनसुकै कुनाबाट पठाएको रकम प्राप्त गर्न आफ्नै रेमिटेन्स सेवा 'सिटिजन्स रेमिट' सञ्चालनमा ल्याएको छ । यसका साथै नेपालका अन्य रेमिटेन्स कम्पनीहरुसँग समेत सहकार्य गर्दै, जुन सुकै माध्यमबाट आएको विप्रेषण रकम ग्राहकहरुलाई प्रदान गर्ने व्यवस्था गरेको छ। यसबाट रेमिटेन्स प्राप्त गर्न बैंकसम्म आइपुग्ने कुनै पनि ग्राहक सेवा प्राप्त नगरी फर्कनुपर्ने अवस्था नरहने बैंकको विश्वास छ।
यसबाहेक बैंकले आफ्नै मोबाइल बैंकिङ्क प्रायोग गरी रेमिटेन्स प्राप्त गर्ने सेवाका साथै “सिटिजन्स रेमिट” मार्फत प्राप्त रकम जुनसुकै बैंकमा तुरुन्तै जम्मा गर्ने ब्यवस्था समेत गरेको छ।
अन्य सेवा
सिटिजन्स बैंकले आफ्ना आन्तरिक तथा बाहय प्रणलीलाई डिजिटाइज गर्ने प्रक्रियालाई प्राथमिकतामा राखेको छ। बैंकले थापाथली स्थित कार्यालयबाट अत्याधुनिक कल सेन्टर सेवा संचालनमा ल्याएको छ जस अनुरुप बैंकका ग्राहक सेवा प्रतिनिधिहरुले २४ सै घण्टा सेवा प्रदान गर्दछन्। यस्तै बैकले बैंक कर्मचारीहरुको संलग्नता बिनै चेक डिपोजिट गर्ने सेवा प्रदान गरेको छ।
यस्तो सेवा बैंकको दरबारमार्ग, कलंकी, नयाबजार, बिराटनगर, विरगञ्ज, बुटवल स्थित हस्पिटल लाइन लगायतका शाखामा उपलब्ध छ। यसबाहेक बैंक टेलरको सहायता बिनै नगद जम्मा गर्न क्यास डिपोजिट मेसिनको समेत ब्यवस्था बैकले गरेको छ। यसप्रकार सिटजन्स बैंक ग्राहक हरुलाई अत्याधुनिक सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहदै आएको छ।