काठमाडौं। सिजी मोटर्सले पुराना गाडीसँग एक्स्चेन्ज गरी निटा भी लिन चाहनेहरुलाई लक्षित गरि एक्स्चेन्ज क्याम्प सुरु गरेको छ। असोज २४ देखि सुरु भई २८ गतेसम्म विशालनगर काठमाडाैंस्थित शोरुममा एक्स्चेन्ज क्याम्पको आयोजना चलिरहेको हो।
प्योर इभी प्लाटफर्ममा बनेको निटा भीको अपत्यारिलो ३८० किमीको रेन्ज तथा प्रिमियम इन्टिरियरको कारणले गर्दा निटा भी इभी प्रेमीहरुको पहिलो रोजाईमा परिरहेको बेला आसन्न चाड दसैंलाई लक्षित गरी सिजी मोटर्सले एक्स्चेन्ज क्याम्पको आयोजना गरेको हो।
एक्स्चेन्ज क्याम्पमा आकर्षक बोनससहित पुरानो गाडीको राम्रो भ्यालुएसन, एक वर्षको बिमा, सडक दस्तुर तथा डिक्की फुल अफरसमेत दिइरहेको कम्पनीले जनाएको छ। साथै हरेक टेष्ट ड्राइभमा आकर्षक उपहार पनि रहेको छ।
सेग्मेन्टमा सबैभन्दा ठूलो ३३५ लिटरको डिक्की भएको निटा भी ले डिक्की फुल अफरमा ४३ इन्चको स्मार्ट टिभी, कार भ्याकुम क्लिनर, १४०० वाटको प्रेशर वाशर, भ्याकुम कप, भ्याकुम फ्लास्क, ६.६ किलोवाटको चार्जर तथा टायर सेट समेत सित्तैमा दिइरहेको जनाएको छ।
३८० किलाेमिटर रेन्ज, ०.५ रुपैया प्रतिकिलाेमिटर खर्च, १० वर्ष अथवा २ लाख किलाेमिटर ब्याट्री र मोटरमा वारेन्टी, ६३ प्रतिशत हाइटेन्साइल स्टिल प्रयोग भएका कारणले पनि निटा भी ग्राहकको पहिलो रोजाइमा पर्न सफल भएको विज्ञप्तिमा उल्लेख छ।