पोखरा। साहासिक पर्यटनको पर्याय बनेको प्याराग्लाइडिङलाई कतोरीपानीबाट उडान अनुमति दिने तयारी गरिएको छ। नेपाल हवाई खेलकुद संस्था (ना)को २० औं वार्षिक साधारण सभामा अध्यक्ष सुनिल भट्टराइले अर्बौको लगानि भएको प्याराग्लाइडिङलाई थप चलायामान गराउनका लागि तोरीपानीबाट उडानको पहल अन्तिम चरणमा रहेको जानकारी दिए।
भट्टराइले नागरिक उडड्यन प्राधिकरणको सहकार्यले पोखराको प्याराग्लाइडिङ सुरक्षित छ भन्ने विषयले प्राथमिकता पाएको जनाउँदै प्रविधिमैत्री उडानलाई प्राथमिकतामा राखिएको उनले बताए। ’हामीलाई निकै डर थियो पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुन्छ कि भन्ने,’ अध्यक्ष भट्टराइले भने, ‘प्राधिकरणले सकरात्मक भुमिकाले उपयुक्त स्थानबाट पुनः उडान हुँदै छ यो निकै सुखद कुरा हो।’
केही समयदेखि बन्द रहेको सोलो उडानको अनुमती अन्तिम चरणमा रहेको र यसले साहसिक खेलकूदमा पोखराको प्याराग्लाइडिङ व्यवस्थितसंगै थप सहज हुने बताए। पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनेसँगै साविक सराङकोटबाट स्थानान्तरण गरी पोखरा २४ मान्द्रेढुङ्गाबाट उडान हुँदै आएकोमा पर्यटकीय गतिविधि बढ्न नसकेको र अर्बौ लगानी समेत जोखिममा पर्दै गएको उनले बताए।
वार्षिक साधारण सभाको उद्घाटन सत्रमा नागरिक उडडयन प्राधिकरणका हवाइ सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले प्याराग्लाइडिङ उडान सुरक्षाको मापदण्ड पालना गरेर उडान गर्न प्यारापाइलटहरुलाई सुझाव दिए।
पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटनलाई चलायमान गराउन र अन्तराष्ट्रिय जगतमा चिनाउन प्याराग्लाइडिङको भुमिका महत्वपूर्ण रहेको जनाउँदै अब निकट भविष्यमै तोरिपानीबाट हुने उडानले पर्यटक पुनः फेवातालमाथिबाट हिमश्रृंखलाको दृश्यअवलोकन गर्ने पाउने बताए।
ना का पूर्व अध्यक्ष कृष्ण भण्डारीले हवाई क्षेत्रसंग जोडिएको प्याराग्लाइडिङको नियमक संस्था क्यानले लामो प्राविधिक अध्ययनपछि तोरीपानीसम्म उडानलाई अनुमति दिने तयारी निकै पोखराको पर्यटन प्रवद्र्धन हुने विश्वास रहेको बताए।
योसँगै हाल उडान भएको स्थानबाट करिब ५ किमि दुरी घट्ने जनाएको छ। यो सँगै नवौं राष्ट्रिय खेलकुदमा भएको दुर्घटनाका कारण स्थगित सोलो (एकल) उडान अनुमतीको विषयमा क्यानले आफ्नो अध्ययनलाई अन्तिम चरणमा पु¥याएको जनाएको छ।
२० वर्ष अघि स्थापना भएको नेपाल हवाई खेलकुद संस्था (ना) मा ६२ वटा व्यवसायिक कम्पनीहरु रहेका छन् भने सो अन्तर्गत ३९९ जना प्याराग्लाइडिङ पाइलटहरु रहेका छन्। रासस