काठमाडौं। नेपालका लागि युरोपियन कार ब्रान्ड स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु एक्सपान्जेले दसैं तिहारलाई लक्षित गरी स्कोडा फाइभ स्टार अफर ल्याएको छ।
यस योजनामा ग्राहकले स्कोडाबाट पाँच वटा फाइदा पाउने भएका छन्। ग्राहकले पहिलो अफरका रुपमा स्कोडा फाइनान्सिङमा पाँच वर्षका लागि निश्चित बजारमा सबैभन्दा कम ८.९९ प्रतिशत ब्याज दरमा गाडी लिन सक्नेछन्।
यसका साथै स्कोडाले एक वर्षका लागि निःशुल्क बिमा सेवा पनि दिनेछ।
त्यसैगरी, स्कोडाले फेस्टिभ अफरमा जुनसुकै ब्रान्डको पुरानो गाडीको सहज एक्सचेन्ज र एक्सचेन्ज बोनस पनि उपलब्ध गराउनेछ।
यसका साथै दसैं र तिहारमा स्कोडा किन्ने ग्राहकले स्कोडाको जेन्युइन एसेसोरिज पाउनेछन्।
पुरानो स्कोडा बेचेर नयाँ स्कोडा चढ्न चाहनेका लागि एमएडब्लु एक्सपान्जेले लोयल्टी बोनस पनि दिनेछ।
‘स्कोडाले सदा आफ्नो ग्राहकको हितलाई केन्द्रमा राख्दै आएको छ । स्कोडाको यो फाइभस्टार अफरले सुरक्षित यात्रालाई पहिलो प्राथमिकता दिँदै ग्राहकलाई मूल्य, गुणस्तर र अद्वितीय अनुभवप्रति हाम्रो प्रतिबद्धतालाई प्रमाणित गर्छ,’ एमएडब्लु एक्सपान्जेका कार्यकारी निर्देशक रौनक अग्रवालले भन्ने, ‘हामी यो अफरको फाइदा उठाउन नजिकैको स्कोडा सोरुममा आएर स्कोडाका सुरक्षित कारको टेस्ट ड्राइभ गर्न अनुरोध गर्न चाहन्छौं,।’
स्कोडाका हरेक कारमा अत्याधुनिक सुरक्षाका फिचर छन्। जसले क्र्यास टेस्ट र सेफ्टी रेटिङमा फाइभ स्टार पाएका छन्।