काठमाडौं। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ काठमाडौं जिल्ला शाखा अध्यक्षमा नारायणप्रसाद दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।
आइतबार राजधानीमा सम्पन्न महासंघको आठौं अधिवेशनले दाहाललाई नेतृत्वमा निर्विरोध चयन गरेको हो। यसैगरी प्रथम उपाध्यक्षमा विष्णु गिरी, द्वितिय उपाध्यक्ष दिलीप पुरी, सचिव तुलसीप्रसाद अगस्ती, कोषाध्यक्ष केदारबहादुर कार्की र सहसचिवमा किशोर पौडेल निर्वाचित भएका छन्।
लेखा समिति संयोजकमा कमल रिजाल तथा सदस्यमा कमल अछामी, गोविन्द पौडेल, धनञ्जय पौडेल, पदम भण्डारी, राजन शिवाकोटी, सुरज पाण्डे, बाबुराम आचार्य, राजेन्द्र रिजाल, इश्वरी मरासैनी, नुदप्रसाद तिमिल्सिना, भोजराज बास्तोला र मानकुमारी पाण्डे निर्वाचित भएका छन्।
सर्वोच्च अदालतको आदेशविपरीत विद्यालय हाताभित्रबाट अवैधानिक ढंगबाट बिक्री वितरण भइरहेको पुस्तक तथा कापी रोक्न नयाँ कार्यसमितिले कुनै कसर नराख्ने जनाएको छ।