काठमाडौं। रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा न ६ धुन्चेस्थित बालमन्दिरको प्राङ्गणमा सिप्ला सेक्युरिटीज प्रालिको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अंन्तर्गत लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा वित्तीय साक्षरता, महिला स्वास्थ्य, सानो उद्योगको परियोजना तथा पर्यटन विकाससँग सम्बन्धि विस्तृत जानकारी गराउनुका साथै विभिन्न विद्यालयहरूलाई खेल सामग्रीहरू, स्वास्थ्य चौकीलाई सेनेटरी प्याड भेन्डिङ मेसिन र विभिन्न व्यक्तित्वहरुलाई मायाको चिनो वितरण गरिएको थियो।
कार्यक्रमको विषय सबैले सिक्नै पर्ने विषय रहेकोले यस्तै कार्यक्रम हरू आगामी दिनहरूमा पनि सञ्चालन गर्न आवश्यक रहेको र अन्य पालिकाहरूमा पनि सञ्चालन गर्न आवश्यक रहेको नागरिक समाजका अध्यक्ष तथा यस कार्यक्रमका प्रमुख अथिति बाबुलाल तामाङले बताए।
सिप्ला सेक्युरिटीजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राहुल अग्रवालको अध्यक्षतामा तथा रसुवा जिल्ला नागरिक समाजका अध्यक्ष तामाङको प्रमुख अतिथिमा लामटाङ राष्ट्रिय निकुञ्ज कार्यालय प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष उत्तम थापा, सिप्ला सेक्युरिटीजका ओएकेटिएम प्रालिका सदस्य, सुरक्षाकर्मी, आमा समुह, विभिन्न विद्यालयका शिक्षक शिक्षिकालगायत विद्यार्थीहरू,पत्रकार, स्थानीय लामा झाँक्री गुरु, स्थानीय बासिन्दाहरूको उपस्थिति थियो।
यस कार्यक्रमको आयोजक सिप्ला सेक्युरिटीज रहेको थियो भने अवधारणा र व्यवस्थापन ओएकेटीएम प्रालिले गरेको थियो। लाङटाङ एरिया कन्जरभेसन कन्सर्न सोसाइटी (लाकोस) स्थानीय साझेदारको थियो।