काठमाडौं। रेडिएन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले सातौं संस्करणअन्तर्गत आयोजना गरेको ‘किड्स फेस अफ द इयर इन्टरनेसनल २०२३’ का विजेता घोषणा गरेको छ।
शनिबार काठमाडौं राष्ट्रिय नाचघरमा सम्पन्न सिनियर र जुनियरअन्तर्गत केटा र केटी गरी ४ विजेता चुनिएका छन्। जसअन्तर्गत आरुष भट्टराई, ब्रबिम बराल, सायुरी कडेल र अक्क्षयनी दाहाल विजेता घोषित भएका हुन्।
प्रतियोगितामा सिनियर केटातर्फ आरुष भट्टराई र जुनियर केटातर्फ ब्रबिम बराल विजेता बने भने सिनियर केटीतर्फ अक्क्षयनी दाहाल र जुनियर केटीतर्फ सायुरी कँडेलले उपाधि प्राप्त गर्न सफल भए। त्यस्तै प्रतियोगितामा जुनियर केटातर्फ सम्भव जैन फर्स्ट रनरअप, आर्देन सुवेदी सेकेन्ड रनरअप, सिनियर केटातर्फ भियोम गोयल फर्स्ट रनरअप र आरजय कोइराला सेकेन्ड रनरअप बन्न सफल भए।
त्यसैगरी प्रतियोगितामा सिनियर केटीतर्फ सावलिन महर्जन फर्स्ट रनरअप र दृष्टि शाह सेकेन्ड रनरअप बने भने जुनियर केटीतर्फ सदीक्षा जिसी फर्स्ट रनरअप र राधिका गोयल सेकेन्ड रनरअपको उपाधि प्राप्त गर्न सफल भए। विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसर र दावा एचएमसी नेपाल प्रालिका तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरे।
दावा टेक्नोलोजी एचएमसी नेपाल प्रालिको मुख्य प्रायोजन रहेको प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा माछापुच्छ्रे स्कुलका प्रिन्सिपल तथा एकडेमिक निर्देशक सम्पूर्ण देवापाटे, सञ्चारकर्मी लव कार्की, अर्थ मन्त्रालयका अधिकृत पुनम भट्ट, अभिनेता मुकुन भुसाल, मातृभूमि स्कुलका कोअर्डिनेटर जयराम अधिकारी, टिम नेपालका अध्यक्ष प्रदीप बज्राचार्यलगायत निर्णायक थिए।
हेयर एन्ड मेकअप पार्टनरमा मन्जु मेकअप स्टुडियो थियो। ७ वर्षदेखि १३ वर्षसम्मका स्कुले बालबालिका सहभागी प्रतियोगितामा डान्स कोरियोग्राफर संयुक्त स्थापित, कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजु, ड्रेस डिजाइन श्रीषा बैदारले गरेका थिए।
विजेता घोषणा कार्यक्रममा चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, चलचित्र सेन्सर बोर्डका पूर्वसदस्य राजेश महर्जनलगायत उपस्थित थिए।