काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसैं, तिहार र छठ्का अवसरमा ६१ दिनसम्म चल्ने उपहार योजना ल्याएको छ। आफ्ना ग्राहकसँग पर्वमा खुसी साट्न मनी ट्रान्सफरले ६१ दिनसम्म चल्ने ‘विदेशबाट सिटी पठाऔं, १० गुणा बढी पाऔं’ उपहार योजना ल्याएको हो।
सिटी एक्सप्रेसको उक्त उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत् हरेक महिना १ जनालाई जनही १ लाख, हरेक हप्ता ५ जनालाई जनही २५ हजार रुपैयाँ, ६१ दिनसम्म लगातार हरेक दिन १ सय जना विजेताहरुलाई जनही ५ सय रुपैयाँको वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजना छ।
कम्पनीका अनुसार ‘विदेशबाट सिटी पठाऔं, १० गुणा बढी पाऔं’ अफर असोज १५ देखि मंसिर १५ सम्म लागु हुनेछ। सो अवधिमा सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही उपहार योजनामा सहभागी हुनेछन्। उपहारको विजेता छनौट विद्युतीय प्रणालीद्वारा गरिनेछ। योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु नहुने बताइएको छ।
सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै १७ वर्षदेखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। सिटी एक्सप्रेसका देशभर छरिएर रहेका २५ हजारभन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत् छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्छ।
साथै कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको सिटीले जनाएको छ। उपहार योजना घोषणा कार्यक्रममा चर्चित हास्य कलाकार एवं सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपालको उपस्थिती थियो।