काठमाडौं। नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले पोखरा र चितवनमा नयाँ शोरुम विस्तार गरेको छ।
पोखरा नयाँबजारमा खोलिएको नयाँ शोरुममा एसएसएल मोटर्स कम्पनी प्रालि रहेको छ भने चितवनको भरतपुर-१० रिजाल चोकमा खोलिएको नयाँ शोरुममा ओजोन मोटर्स कम्पनी रहेको छ। यी नयाँ शोरुममा सिट्रोन ईसिथ्री र सिट्रोन सिथ्री मोडेल बिक्रीका लागि राखिएका छन्।
यातायात व्यवस्था कार्यालय गण्डकी प्रमुख डिल्लीराज रिजाल र सांग्रिला मोटर्सका असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले बिहीबार पोखरामा शोरुम उद्घाटन गरे।
त्यसैगरी उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, सिसिआईसीका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ चितवन अध्यक्ष नारायण अधिकारी र सांग्रिला मोटर्सका असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले शुक्रबार चितवनमा शोरु उद्घाटन गरे।
सिट्रोन ईसिथ्रीमा २९.२ केडब्लुुएच ब्याट्री छ। ४२.५ किलोवाट मोटर पावर र १४३ एनएमको टर्कसाथ प्रभावशाली प्रदर्शन गर्दछ।
यसकाे विद्युतीय पावरट्रेनले सरल एक्सिलिरेसन र रमाइलो ड्राइभिङको अविष्मरणीय अनुभव सुनिश्चित गर्दछ।
सिट्रोन ईसिथ्रीको एमिसन फ्री सञ्चालनले वातावरण स्वच्छ राख्न योगदान पुऱ्याउँछ, जसले ग्राहकलाई कुनै सम्झौता नगरी इको-फ्रेन्ड्ली मोबिलिटी अँगाल्न मद्दत गर्दछ।
लाइभ भेरिएन्टको मूल्य ३२.९९ लाख र फिल भेरिएन्टकाे ३४.९९ लाख छ, जसले गर्दा सिट्रोन भारतमा बनेको कम्प्याक्ट एसयुभी सेग्मेन्टमा सबैभन्दा कम मूल्यको इभी बनेको छ।
सिट्रोन इभीको ब्याट्रीको आयु डिसी फास्ट चार्जरबाट गर्दा पनि धेरै समयसम्म टिक्ने कम्पनीको दाबी छ। कम्पनीले यो कारमा ७ वर्ष वा १ लाख ४० हजार किलोमिटरको ब्याट्री प्याकको वारेन्टी दिएको छ। त्यसैगरी यसमा दिइएको विद्युतीय मोटरमा ५ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी रहेको छ।
उपभोक्ताहरुको अत्यधिक मागलाई सम्बोधन गर्दै सिट्रोनले आफ्नो आइसिई (इन्टरनल कम्बस्चन इन्जिन) मोडेल पनि उपलब्ध गराएको छ।
फिल विथ भाइब प्याकेजसहित ३६. ४९ लाखमा पाइने यी गाडीहरूमा अत्याधुनिक प्रविधि र शक्तिशाली प्रदर्शनको संयोजन रहेको छ। यो नयाँ रिलिजले नेपाली ग्राहकहरूको प्राथमिकताहरू पूरा गर्न र कार बजारमा उत्कृष्ट मूल्य प्रदान गर्न सिट्रोन समर्पित छ भन्ने कुरा स्पष्ट बनाउँछ।
सांग्रिला मोटर्सले दशैं र तिहारका अवसरमा प्रमोसनल स्किम पनि ल्याएको छ। यस योजनाअन्तर्गत, ग्राहकहरूले आकर्षक छुट, निःशुल्क सडक कर, र एक वर्ष निःशुल्क कम्प्रिहेन्सिभ इन्स्याेरेन्सलगाय असाधारण लाभ लिन सक्नेछन्।