एजेन्सी। भारतीय ‘पेन्ट्स म्याग्नेट’ एसियन पेन्ट्स लिमिटेडका पूर्वप्रमुख अश्विन दानीको ८० वर्षको उमेरमा मुम्बईमा निधन भएको छ।
निधन हुनुअघि दानीको कूल सम्पत्ति ८ अर्ब डलर थियो। गत मार्चमा समाप्त भएको आर्थिक वर्षमा एसियन पेन्ट्सले ३ खर्ब ४५ अर्ब भारतीय रुपैयाँ (भारु) (४.१ अर्ब डलर) आम्दानी गरेको थियो। यसबीचमा उद्योगले ४१ अर्ब भारु खुदनाफा कमाएको थियो। जुन अघिल्लो वर्षको तुलनामा क्रमशः १९ प्रतिशत र ३६ प्रतिशत बढी हो।
सन् १९६८ मा एसियन पेन्ट्समा सामेल भएदेखि दानीले कम्पनीलाई एसियाकै ठूलो पेन्ट उद्योग बनाउन महत्वपूर्ण भूमिका खेले। उनी सन् १९७० मा कम्पनीको बोर्डमा समावेश भएका थिए।
१९९८ देखि २००९ सम्म उपाध्यक्ष र प्रबन्ध निर्देशक बने। त्यसपछि, कम्पनीलाई एक व्यावसायिक व्यक्तिलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनाएर जिम्मेबारी सुम्पिएका थिए। सन् २०१८ मा उनले तीन वर्षको लागि अध्यक्षको जिम्मेबारी सम्हालेका थिए।
मुम्बईमा जन्मेका दानीले सन् १९६६ मा भारतको मुम्बई विश्वविद्यालयबाट रसायनशास्त्रमा स्नातक उपाधि हासिल गरेका थिए। पछि अमेरिकाको एक्रोन विश्वविद्यालयबाट केमिकल इन्जिनियरिङमा स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेका थिए।
उनले अमेरिकाको डेट्रोइटस्थित इनमोन्ट कर्पोरेशनमा आफ्नो करियर सुरु गरेका थिए। एक रसायनशास्त्रीको रूपमा र परिवारको स्वामित्वको व्यवसायमा सामेल हुन उनी अमेरिकाबाट भारत फर्किएका थिए।
एसियन पेन्ट्सको स्थापना अश्विनका पिता सूर्यकान्त दानी र अन्य तीन जनाले सन् १९४२ मा गरेका थिए। एक सहसंस्थापकका उत्तराधिकारीले वर्षौंअघि आफ्नो हिस्सेदारी बेचेका थिए। अन्य दुईजनाका उत्तराधिकारी, वकिल परिवार र महेन्द्र चोक्सीले आफ्नो स्वामित्व कायम राखेका थिए।
मुम्बईमा आधारित कम्पनीले २७ कारखानाहरू सञ्चालन गर्छ। आज, एसियन पेन्ट्स समूहले विश्वभरका १५ देशहरूमा चार क्षेत्रहरू जस्तै काम गर्दछ। आठ कर्पोरेट ब्रान्डहरूमार्फत एसिया, मध्यपूर्व, दक्षिण प्रशान्त र अफ्रिकामा बलियो उपस्थिती रहेको छ।
भारत,बंगलादेश,नेपाल,इन्डोनेसिया,श्रीलंका,इजिप्ट,यूएई,बहराइन,ओमान, कतार, फिजी, सोलोमन टापु भानुअतु, इथियोपिया, फिजी र सामोआमा एसियन पेन्टस्को उपस्थिती छ।
एसियन पेन्ट्स बाहेक, कम्पनीले एसियन पेन्ट्स, बर्जर, एपकसे कोटिङस र टबम्यान्स जस्ता ब्रान्डहरू अन्तर्गत आफ्ना उत्पादनहरू बजार बिक्री गर्दछ। कम्पनीले घर सजावट उत्पादन र भित्री डिजाइन सेवाहरूको एक विस्तृत श्रृंखला पनि प्रदान गर्दछ।
दानीको श्रीमती इना जो योग शिक्षिका पनि हुन्।उनीहरूका तीन छोराहरू छन् उनका कान्छो छोरा, मालव, हाल एसियन पेन्ट्सका निर्देशक छन्। उनका जेठा छोरा जलज रोबोटिक्स फर्म एडड्भर्ब टेक्नोलोजिजका अध्यक्ष हुन्।