काठमाडौं। इन्द्रचोक र असन बीचमा रहेको जनबहाल (विजय श्रेष्ठको मामाघर) मा पहिलेदेखि नै पाउँ बनाएर बिक्री गरिन्थ्यो। करिब ६० वर्षअघि ललितालक्ष्मी श्रेष्ठ (विजयकी आमाको दिदी) ले सम्भवतः नेपालमै व्यावसायिक पाउँ बिक्री सुरु गरेकी थिइन्।
घरबाट चलिरहेको व्यवसायलाई आफू कक्षा ८ मा पढिरहेका बेला आमाछोरा मिलेर सटरमा स्थानान्तरण गरेको र त्यसलाई खुद्रा व्यापारका रूपमा विकास गरेको रत्नपार्क पाउँ भण्डारका सञ्चालक विजय श्रेष्ठ बताउँछन्। २०३६/३७ सालतिर रत्नपार्कमा एउटा सटरमा सुरु भएको रत्नपार्क पाउँ भण्डार अहिले भने अझ विस्तारित र चर्चित हुँदै गएको छ।
खुद्रा व्यापारका रूपमा अघि बढाएको रत्नपार्क पाउँ भण्डारलाई २०५३ सालदेखि भने उद्योगकै रूपमा अघि सारेको विजयको भनाइ छ। भण्डारलाई उद्योगको रूप दिएपछि विजय भने उत्पादनसँगै बजार विस्तारमा पनि लागे।
काठमाडौं, भक्तपुर र ललितपुरमा लगेर बिक्रीमात्रै गरेनन्, उनले पाउँ प्याकिङ गरेर विभिन्न ठाउँमा पठाउन थाले। कलेजमा पढ्ने विद्यार्थीले गाउँ फर्कंदा र विदेशमा जानेले पाउँलाई कोसेलीका रूपमा प्रयोग गर्न थाले। जसका कारण रत्नपार्क पाउँ भण्डारको पाउँ मुलुकभरि मात्र होइन, भारत र अन्य देशमा पनि चर्चित ब्रान्ड बन्न पुग्यो अर्थात पाउँको माग थप बढ्न थाल्यो।
२०५४ मै काँकडभित्ताका व्यापारीले पनि रत्नपार्क पाउँ भण्डारबाट पाउँ लगेर बिक्री सुरु गरेका थिए। जसका कारण भारतका दार्जिलिङ, सिक्किम, कालिम्पोङ, कोलकाता, सिलिगुडीलगायत क्षेत्रमा पाउँले लिएको बजार अहिले पनि कायम छ। अहिले पनि भारत (जहाँ नेपालीको बसोबास बढी छ) का विभिन्न क्षेत्रमा पाउँको माग बढी छ।
पछिल्लो समय भारतीयले समेत पाउँ रुचाउन थालेको र नेपालबाट भारत जाँदा कोसेलीका रूपमा रत्नपार्क पाउँ प्रयोग हुन थालेको छ। पछिल्लो एक दशकदेखि रत्नपार्क पाउँ अस्ट्रेलियामा निर्यात भइरहेको विजय बताउँछन्।
पाउँको कच्चापदार्थका रूपमा रहेको लप्सीखेती मासिँदै गएपछि भने पाउँ बनाउन सकस पर्न थालेको र उत्पादन घट्दै गइरहेको विजयको अनुभव छ। नेपालका सीमित जिल्लामा मात्र उत्पादन हुने लप्सीमध्ये पाउँका लागि सबैभन्दा उत्तम दोलखाको लप्सी रहेको उनी बताउँछन्।
पाउँको कच्चापदार्थका रूपमा रहेको लप्सीखेती मासिँदै गएपछि भने पाउँ बनाउन सकस पर्न थालेको र उत्पादन घट्दै गइरहेको विजयको अनुभव छ। नेपालका सीमित जिल्लामा मात्र उत्पादन हुने लप्सीमध्ये पाउँका लागि सबैभन्दा उत्तम दोलखाको लप्सी रहेको उनी बताउँछन्।
लप्सी उत्पादन घटेसँगै निबुवा, कागती, आँप र अमलाबाट पाउँ बनाउने गरिन्छ। रत्नपार्क पाउँ भण्डारको काठमाडौंभित्र बागबजार, न्युरोड, त्रिपुरेश्वर, कलंकी र मैतीदेवी गरी पाँचवटा आउटलेट छन्। उपत्यका बाहिर काँकडभित्तामा उद्योगबाट सिधै पाउँ पठाउने गरिए पनि अन्य क्षेत्रमा भने विक्रेतामार्फत जाने गर्छ।
लप्सीको सिजन कात्तिक, मंसिर र पुसलाई मानिन्छ। तीन महिना अवधिमा दैनिक ३ हजार किलोका दरले करिब २ लाख २५ हजार किलो पाउँ उत्पादन हुने गरेको विजय बताउँछन्। ‘घटिरहेको लप्सी उत्पादन बढाउन सरकारले ध्यान दिनुपर्ने बेला आएको छ,’ विजय भन्छन्, ‘काठमाडौंको दक्षिणकाली क्षेत्रमा लप्सी बढी उत्पादन हुने गरे पनि पछिल्लो समय जग्गा प्लटिङले लप्सी खेती मासिँदै गएको छ।’
स्वास्थ्यका लागि लाभदायक मानिएको लप्सीको पाउँ सबैको रोजाइमा पर्ने गरेको छ। पाउँका लागि आवश्यक कच्चापदार्थ माडा र मसला विजयका आफ्नै परिवारले मात्र बनाउँछन्। विजयका परिवारले कामको बाँडफाँटसमेत गरेका छन्। मसला प्रायः विजयकी श्रीमतीले बनाउँछिन्। यसो गरिनुमा स्वादमा कुनै फरक नपरोस् भन्ने मान्यताले काम गरेको छ। बजारमा धेरै किसिमका पाउँ पाइने भए पनि रत्नपार्क पाउँ नै खोजी गरिनुको राज पनि यसको स्वाद भएको विजय बताउँछन्।
रत्नपार्क पाउँ भण्डारमा ४० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। त्यसअघि ६० जनासम्म क्रियाशिल थिए। ‘लप्सी उत्पादन कम हुँदै गएपछि पाउँ उत्पादन घटेको र त्यसको प्रत्यक्ष असर रोजगारीमा पनि परेको छ,’ विजय भन्छन्, ‘तर, पाउँको माग भने पहिलाको तुलनामा बढ्दै गएको छ। मागअनुसार पुराना ग्राहकलाई पाउँ दिन नसकिँदा नयाँ ग्राहक खाली फर्कनुपरेको छ भने अग्रिम अर्डर लिन सकिएको छैन।’
काठमाडौं। रत्नवीर सिहं कंसाकारले करिब ७५ वर्षअघि सुरु गरेको नेपाली कापः अहिले पनि सञ्चालनमा छ। रत्नवीरका छोरा बुद्धिवीरले पनि दिएको निरन्तरतालाई नाति प्रबोध कसाः ले पनि जारी राखेका छन्।
रत्नपार्क पाउँ भण्डारमा ४० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। त्यसअघि ६० जनासम्म क्रियाशिल थिए। ‘लप्सी उत्पादन कम हुँदै गएपछि पाउँ उत्पादन घटेको र त्यसको प्रत्यक्ष असर रोजगारीमा पनि परेको छ,’ विजय भन्छन्, ‘तर, पाउँको माग भने पहिलाको तुलनामा बढ्दै गएको छ। मागअनुसार पुराना ग्राहकलाई पाउँ दिन नसकिँदा नयाँ ग्राहक खाली फर्कनुपरेको छ भने अग्रिम अर्डर लिन सकिएको छैन।’
अर्थात, नेपाली कापः को व्यवसाय तीन पुस्तादेखि निरन्तर अघि बढिरहेको छ। पुराना कुरा संरक्षण गर्दै नयाँ पुस्तालाई सीप सिकाइ स्वदेशी उत्पादनले आत्मनिर्भर बनाउनुपर्छ भन्ने मान्यताले पुरानो व्यवसायलाई निरन्तरता दिएको नेपाली कापः का सञ्चालक कसाः बताउँछन्।
‘कहिलेदेखि पसल सुरु भयो भन्ने यकिन मिति थाहा नभए पनि ७५÷७६ वर्षअघि तानमा बुनेका कपडा बिक्री गर्ने सोचसाथ पसल सुरु भएको बुझ्न सकिन्छ,’ कसाः भन्छन्। इन्द्रचोक नजिकै केलटोल, भेडासिङमा रहेको ‘नेपाली कापः पसल’ मा खद्दर, सूति, टेलिकटन, कटनका लुगा पाइन्छन्।
धेरै वर्षअघिसम्म नेपाली कपडा तानमा बुनेर तयार गरेको दृष्य देख्न सकिन्थ्यो। गाउँ–गाउँमा तानमा लुगा बनाउने भेटिन्थे। काठमाडौंमा मात्रै होइन मुलुकका धेरै ठाउँबाट पुरानो प्रविधिमा लुगा बनाउने काम बन्द भइसकेको छ।
यद्यपि, तानमा लुगा बनाउने चलन अझै पनि भक्तपुर तथा कीर्तिपुरका केही ठाउँ र हिमाली जिल्लातिर यदाकदा देख्न पाइन्छ। तर, यसरी उत्पादित कपडा अहिलेको पुस्ताले लगाउने सम्भावना भने हराउँदै गएको छ।
कुनै बेला यस्तो थियो कि पोलिस्टरको पातलो कपडा लगाउँदा हिरो भनिन्थ्यो। नेपाली खद्दर छाडेर पोलिस्टरको लुगा लगाउँदा रमाइलो हुन्थ्यो। नयाँ फेसन र डिजाइनमा नेपाली उत्पादन चल्न नसक्दा घरेलु उत्पादनका कपडा लोप हुँदै गएको छ। टेलिकटन र पोलिस्टरको लुगामा डिजाइन र रङ थरिथरी बनाउन मिले पनि नेपाली कपडामा रातो, हरियो, निलो र कालो गरी ३÷४ रङमात्रै दिन सकिन्छ।
नेपाली कापः पसलमा नेपालीसँगै विदेशी लुगा पनि पाइन्छ। नेपालमा बनेका र नेपाली लुगाको उत्पादन र बिक्री पनि निरन्तर छ। नेपालमा पहिलेदेखि प्रयोगमा आएका सबै कपडा नेपाली कापः पसलमा पाइन्छ। यद्यपि, पहिलाको जस्तो एउटा सामान थरिथरीको रङ र डिजाइनमा भने छैन।
धागो, मेसिन, रङ सबै विदेशबाटै आयात गरेर बनाएपछि नेपालमा कपडा भनेर गर्व गर्न सक्ने अवस्था छैन। हाते तान विकास गरेर नेपालले आफ्नै मेसिन बनाएको भए आफ्नो सीप भन्न पाइन्थ्यो होला। ५० वर्षअघि सूति कपडा बनाउने मेसिन नेपाल भित्रिएसँगै अन्य आधुनिक मेसिन पनि आउन थाले र पुरानो प्रकृतिका कपडा उत्पादन कमजोर हुँदै गयो।
नेपालका जातजातिअनुसार फरक–फरक सीप रहेको तर त्यसको विकासमा राज्यले ध्यान नदिँदा समस्या भएको भनेर बेलाबेला सार्वजनिकरूपमा आवाज पनि उठ्ने गर्छ। तर, त्यसप्रति कसैले चासो दिएको पाइँदैन। जसले गर्दा तानमार्फत लुगा बनाउने काम ओझेलमा परेको छ।
धागो, मेसिन, रङ सबै विदेशबाटै आयात गरेर बनाएपछि नेपालमा कपडा भनेर गर्व गर्न सक्ने अवस्था छैन। हाते तान विकास गरेर नेपालले आफ्नै मेसिन बनाएको भए आफ्नो सीप भन्न पाइन्थ्यो होला। ५० वर्षअघि सूति कपडा बनाउने मेसिन नेपाल भित्रिएसँगै अन्य आधुनिक मेसिन पनि आउन थाले र पुरानो प्रकृतिका कपडा उत्पादन कमजोर हुँदै गयो।
तानमा दुई÷तीन पोका धागो राखेर काम हुन्छ भने मेसिनमा २०/३० पोका एकैपटक राखेर काम गर्न सकिन्छ। यसले काम छिटोछरितो हुन्छ। एक पोकामा चार किलोभन्दा बढी धागो हुन्छ। घरेलु उत्पादन भन्नेबित्तिकै सूति अर्थात कटन भनेर बुझ्नुपर्नेमा अधिकांशको बुझाइ सूति, कटन र टेलिकटन भन्ने छ। टेलिकटन कपडा अलिक दह्रो र छुट्टै हुन्छ।
नेपाली कपडा उत्पादनको प्रमुख स्रोत कृषि र वनपैदावर हो। मुख्य कच्चापदार्थ भने कपास हो। कृषि पेसाबाट धेरै मानिस पलायन हुँदै जान थालेकाले पनि कपडाका लागि आवश्यक कच्चापदार्थ उत्पादन हुन छाडेको छ। पहिला कृषिमा आधारित व्यक्तिले खेतीबालीको काम सकेर फुर्सदमा विभिन्न सीप सिक्ने गर्थे।
अहिले कृषि पेसाबाटै मान्छे पलायन भएकाले सीप विकासमा बाधा पुगेको छ। स्वदेशका उत्पादन खस्किँदै जाने र आयातित वस्तु प्रयोग बढ्दै जाने प्रवृत्तिले नेपाली मुद्रा बाहिरिने क्रम बढ्दो छ। नेपाली कापः का उत्पादन पूर्वउपसभामुख शिवमाया तुम्बाहाम्फे, पत्रकार भूषण दाहाल, राष्ट्रपति विद्यादेवी भण्डारीलगायतले बेलाबेला लगाउँदै आएका छन्।