काठमाडौं। सोनाम ब्रान्डले ‘यसपालिको चाड, सोनामको साथ’ नामक छुट योजना सार्वजनिक गरेको छ।
व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनामले बिहीबारदेखि असोज २७ गते (शनिबार)सम्म ‘यसपालिको चाड, सोनामको साथ’ नामक छुट योजना सार्वजनिक गरेको हो।
यस छुट योजनाअन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको छ। यो अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ। विशेष छुट कम्पनीका सबै आउटलेटमा लागू गरिएको छ।
सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्यागलगायत उत्पादनहरु छन्।
उपत्यकामा ठमेलको क्वाबहाल, ठमेलकै छायाँ सेन्टर, ललितपुरको जावलाखेल कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टरमा सोनामका शोरुम छन्।
त्यस्तै टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिबुटीको जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुनसरीको धरान पुतली लाइन, पोखराको लेकसाइड र न्युरोड तथा बुटवल र सुर्खेतमामा सोनामका शोरुम छन्।