काठमाडौं। नेपालको हस्पिटालिटी क्षेत्रमा विगत लामो समयदेखि आफ्नो छुट्टै पहिचान बनाउन सफल संस्था एट्टिक रेस्टुरेन्ट र नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरु ट्राभल्स लिमिटेडबीच व्यावसायिक सहकार्य सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
एक कार्यक्रमबीच सहमतिपत्रमा एट्टिकका तर्फबाट बिजिनेस डेभलपमेन्ट प्रमुख रश्मिता बिष्ट तथा गुरु ट्राभल्स लिमिटेडका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले हस्ताक्षर गरेका छन्।
सम्झैतापत्रअनुसार एट्टिक रेस्टुरेन्टले गुरु ट्राभल्सका कर्मचारी तथा ग्राहकलाई सुलभ दरमा सेवा प्रदान गर्ने र गुरु ट्राभल्सले एट्टिक रेस्टुरेन्ट र ग्राहकलाई सुलभ दरमा विशिष्टीकृत सेवा उपलब्ध गराउने छ।
साथै, दुई संस्थाबीच सामाजिक अभियान तथा संस्थागत सामाजिक क्रियाकलापमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट अघि बढ्ने सहमति पनि भएको छ। सहमतिपत्र हस्ताक्षर कार्यक्रममा दुवै संस्थाका कर्मचारी सहभागी थिए।
सम्झैतापत्रमा हस्ताक्षरपछि रेस्टुरेन्टका बिजनेस डेभलपमेन्ट प्रमुख बिष्टले नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरु ट्राभल्स लिमिटेडसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बतइन् ।
बिष्टले आगामी दिनमा थप कार्यक्रममा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
त्यस्तै, बिष्टले गुरु ट्राभल्सका साथमा व्यावसायिक ज्ञान तथा अनुभवको आदानप्रदानबाट पर्यटनजस्तो अथाह सम्भावना बोकेको क्षेत्रमा सहकार्य गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन सकिने अपेक्षा राखिन्।