काठमाडौं। ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरमा माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई अस्पतालका सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
ॐ हस्पिटलमा आयोजित संक्षिप्त समारोहमा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठको उपस्थितिमा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र माछापुछ्रे निमित्त प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
समारोहमा ॐ हस्पिटलका तर्फबाट ॐ अस्पतालका सेयरधनी हरिप्रसाद पाठक, मेडिकल डाइरेक्टर डा. हरिश जोशी, मानव संसाधन विभाग प्रमुख लवराज अवस्थी तथा बिजनेस डेभलपमेन्ट म्यानेजर विनोद अधिकारीको उपस्थिति थियो।
माछापुछ्रे बैंकका तर्फबाट चिफ बिनजनेस अफिसर विनितचन्द्र झा, चिफ डिजिटल बैंकिङ अफिसर माधव सुवेदी , बाग्मती प्रोभिन्स म्यानेजर नरेश प्रधान र चावहिल शाखा प्रबन्धक निरज सिग्देलको उपस्थिति थियो।
सम्झौताअनुसार बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता , कर्मचारी तथा योनो नेपाल एसबिआई मोबाइल एप प्रयोगकर्ताले ॐ हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग सेवा रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापीलगायतका सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन्।