काठमाडौं। दुई दिन निरन्तर घटेको सेयर बजार मंगलबार दोहोरो अंकले बढेको छ। मंगलबार सेयर बजार १८.४५ अंकले घटेर २०२२.९१ अंकमा पुगेको छ। आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १९.४२ र सोमबार ५.८९ अंकले घटेको थियो।
मंगलबार ८७ लाख ४ हजार ४ सय ७७ कित्ता सेयर ७८ हजार ६ सय १६ पटक खरिद–बिक्री हुँदा कुल २ अर्ब ९ करोड ३८ लाख ९ हजार ५ सय १८ रुपैयाँबराबर कारोबार भएको छ।
नेप्सेका अनुसार मंगलबार १ सय ९० कम्पनीको सेयर मूल्य बढेको छ भने ३९ कम्पनीको मूल्य घटेको छ। त्यस्तै ३ कम्पनीको सेयर मूल्य यथावत छ।
मंगलबार सबैभन्दा बढी एनआइसी एसिया बैंकको सेयर कारोबार भएको छ। उसको ८ करोड ३४ लाख ६६ हजार २ सय २४ रुपैयाँबराबर कारोबार भएको छ। त्यसपछि सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ७ करोड ५३ लाख ६२ हजार १ सय रुपैयाँ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ७ करोड १३ लाख ४८ हजार २ सय ९६ रुपैयाँको कारोबार भएको छ।
मंगलबार मेन्छियाम हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। मेन्छियामको सेयर मूल्य १० प्रतिशतले बढेर २ सय ८३ रुपैयाँ कायम भएको छ।
मंगलबार मेन्छियाम हाइड्रोपावर र मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै शुभम पावर लिमिटेडको सेयर ९.९९ प्रतिशत र मैलुङ हाइड्रोपावर कम्पनीको सेयर ९.९६ प्रतिशतले बढेको छ।
सबैभन्दा धेरै मूल्य घट्नेमा हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड छ।कम्पनीको सेयर मूल्य ५.८७ प्रतिशतले घटेको छ। होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव १८ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै जलविद्युत् समूह ३.९ प्रतिशत र वित्त समूहको उपसूचक १.४४ प्रतिशतले बढेको छ।