काठमाडौं। सेगवे–नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आइहब प्रालिले चितवन र बुटवलमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।
कम्पनीले बुटवलको लोक सुशीला मोटर प्रालि र भरतपुरको युनाइटेड अटो कन्सर्न प्रालिसँगको सहकार्यमा उक्त दुई शोरुम सञ्चालनमा ल्याएको हो।
कम्पनीले ग्राहकहरूलाई विशेष उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धतासहित उक्त शोरुम सञ्चालनमा ल्याएको हो।
कम्पनीका अनुसार बुटवल र चितवनका शोरुममा एन–१००, ई–१००, ई–११०एल र ई–१२५ मोडलहरूसहित सेगवेका उत्पादनका सम्पूर्ण रेन्ज उपलब्ध हुनेछ।
सेगवेले चितवन र बुटवल क्षेत्रका ग्राहकहरूलाई विशेष अफरका साथ शोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले उद्घाटन अफरअन्तर्गत यी शोरुममा सेगवे ई–स्कुटरहरूको मूल्य तोकेको छ।
यी शोरुमबाट ग्राहकहरूले सेगवेका नवीन उत्पादनहरू खरिदमात्र नभएर यसको ब्याट्री रेन्टल, ब्याट्री स्वाप, र तीव्र चार्जिङ सपोर्टलगायत सेवाको फाइदा लिन सक्नेछन्।
ग्राहकले कुनै अवरोध बिना आफ्नो व्यक्तिगत यातायातका साधनको आनन्द लिन सकुन् भन्ने उद्देश्यले कम्पनीले शोरुममा विभिन्न सेवा उपलब्ध गराएको जनाएको छ।
शोरुमका आगन्तुकहरूले जानकार कर्मचारीहरूबाट विशेषज्ञ निर्देशन प्राप्त गर्दै सेगवेको लोकप्रिय इलेक्ट्रिक स्कुटरहरू, व्यक्तिगत ट्रान्सपोर्टरहरू, र अन्य मौलिक साधनहरूको टेस्ट–ड्राइभ गर्ने अवसर पाउनेछन्।
यी शोरुम सञ्चालनसँगै आइहब प्रालिले नेपालमा दिगो र प्रभावकारी व्यक्तिगत यातायात साधनलाई थप प्रवर्द्धन गर्दै ग्राहकलाई उच्चस्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।