काठमाडौं। ओम्दियाबाट प्रमाणित एन्ड्रोइड टिभी ब्रान्ड टिसिएलले दसैं, तिहार तथा छठ पर्व लक्ष्य गरी ‘सेलेब्रेट ग्रेटनेस’ योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत ग्राहकले टिसिएलका होम इन्टरटेनमेन्ट र होम अप्लायन्स उत्पादन खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। ग्राहकले योजनाको लाभ भदौ २६ बाट नेपालभरि सीमित अवधिका लागि उठाउन सक्नेछन्।
टिसिएल ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल हो।
कम्पनीका अनुसार योजनाअन्तर्गत टिसिएलका कुनै पनि टेलिभिजन खरिदमा ४४ हजार ७ सय रुपैयाँसम्मको आकर्षक छुट पाउन सकिने छ। त्यस्तै वासिङ मेसिन खरिदमा १४ हजार४ सय सम्म छुटसाथै ६ किलोको एरियल मेटिक पाउडर उपहार पाउन सकिने छ।
त्यस्तै टिसिएलका सम्पूर्ण क्याटागोरीको एयर कन्डिसनर खरिदमा ५६ हजार ८ सयसम्म क्यासब्याक प्राप्त गर्नुका साथै ४ हजारबराबर निःशुल्क एसी जडान सुविधा पनि पाउन सकिने कम्पनीको भनाइ छ।
त्यस्तै टिसिएलको ‘साइड बाइ साइड’ रेफ्रिजिरेटर खरिदमा ३१ हजार ८ सयसम्म क्यासब्याक पाउनुका साथै सिजी इन्डक्सन चुल्हो सित्तैँमा प्राप्त गर्ने सक्नेछन। कम्पनीले सामान खरिद गर्नेका लागि फ्रि डेलिभरी, फ्रि इन्स्टलेसन सुविधा पनि प्रदान गरेको छ।
त्यसैगरी शून्य प्रतिशतमा फाइनान्स सुविधा, पुराना सामान फेरबदल गरी नयाँ सामान लान चाहने ग्राहकलाई एक्सचेन्ज अफर सुविधा र चाडपर्वका अवसरमा सामान खरिद गर्नेले ‘सिजी लोयल्टी क्लब’ को रिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यले ललितपुरस्थित होटल भिभान्तामा २५ प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ।