काठमाडौं। भारतको होम अप्लायन्स तथा रेफ्रिजिरेटर ब्रान्ड गोडरेजले दसैं, तिहार तथा छठ पर्व लक्ष्य गर्दै ‘गज्जबको गोडरेज, कमालको अफर’ नामक योजना सार्वजनिक गरेको छ।
गोडरेज ब्रान्डको नेपालका लागि आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल हो।
योजनाअन्तर्गत ग्राहकले गोडरेजका विभिन्न होम अप्लायन्स खरिदमा आकर्षक क्यासब्याक विशेष उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। ग्राहकले यस योजनाको लाभ भदौ २६ देखि नेपालभरि सीमित अवधिका लागि उठाउन सक्नेछन्।
यस अफरमा ग्राहकले कुनै पनि गोडरेजका सामान खरिदमा २५ प्रतिशतसम्म अधिकतम छुट र अन्य आकर्षक उपहार पाउन सक्ने छन्। फ्रन्ट लोड वासिङ मेसिन खरिदमा ६ किलो एरियल म्याटिक वासिङ पाउडर तथा टप लोड वासिङ मेसिन र सेमी अटोमेटिक वासिङ मेसिन खरिदमा ३ लिटर एरियल म्याटिक वासिङ लिक्विड प्राप्त गर्न सक्ने छन्त्य।
त्यसैगरी ग्राहकले गोडरेजको ‘साइड बाइ साइड’ रेफ्रिजिरेटर खरिद गर्दा सिजीको इन्डक्सन चुल्हो सित्तैँमा प्राप्त गर्न सक्नेछन भने सिंगल तथा डबल डोर रेफ्रिजिरेटर खरिदमा आकर्षक क्यासब्याक प्राप्त गर्नेछन्।
साथै, गोडरेजको चेस्ट फ्रिजर खरिदमा समेत आकर्षक क्यासब्याक व्यवस्था छ। माइक्रोवेभ ओभनमा कुकिङ किट पाउन सकिने छ। त्यस्तै एयर कन्डिसनर खरिदपछि कम्पनीले सित्तैँमा जडान गरिदिने छ।
त्यसैगरी शून्य प्रतिशतमा फाइनान्स सुविधा, पुराना सामान फेरबदल गरी नयाँ सामान लान चाहने ग्राहकलाई एक्सचेन्ज अफर सुविधा र चाडपर्वका अवसरमा सामान खरिद गर्नेले ‘सिजी लोयल्टी क्लब’ को रिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यले ललितपुरस्थित होटल भिभान्तामा २५ प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ।