नेपालले व्यापार र लगानीका लागि अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यले शान्तिपूर्ण र स्थिर राजनीतिक वातावरण उपलब्ध गराएको अवसरको सदुपयोग गर्न विभिन्न व्यवसायमैत्री नीति तथा कानुन ल्याएको छ। हामीले वैदेशिक लगानी नीति ल्याएका थियौं।
त्यसैगरी हामीले वैदेशिक लगानी प्रविधि हस्तान्तरण ऐन २०१९, सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन २०१९, औद्योगिक उद्यम ऐन २०१९, विशेष आर्थिक क्षेत्र ऐन २०१९ र नेपालमा लगानीलाई सहजीकरण र गति दिन लगानीसम्बन्धी कानुनी व्यवधान निष्क्रिय पारेका छौं।
नेपालमा व्यावसायिक वातावरणमा सुधार भइरहेको विभिन्न प्रतिवेदनले देखाएका छन्। लगानीकर्तालाई सरल र सहज प्रक्रियाबाट सहजीकरण गर्न उद्योग विभागमा स्थापना गरिएको एकद्वार सेवा केन्द्रको सुधार र सुदृढीकरणका लागि हामी सक्रियरूपमा लागिरहेका छौं।
त्यसैगरी लगानी बोर्ड नेपालले प्राथमिकताका क्षेत्रमा ठूलो मात्रामा वैदेशिक लगानीलाई द्रुत गतिमा प्रवर्द्धन गर्न सक्रियरूपमा काम गरिरहेको छ। हामी नीति, नियम र कार्यविधिमा थप सुधार गर्न प्रतिबद्ध छौं। सुरुदेखि नै, जब मैले प्रक्रिया सुरु गरेँ र त्यो वातावरण सिर्जना गर्न सक्दो प्रयास गरेँ र गरिरहने छु।
हाम्रो अर्थतन्त्रको वृहत आर्थिक अवस्था अपेक्षाकृत स्थिर र आर्थिक वृद्धिमा दीर्घकालीन लगानीका लागि अनुकूल छ। श्रम कानुन लचिलो र औद्योगिक सुरक्षाका साथै आर्थिक वृद्धि र दक्षताका लागि सहयोगी छ। उद्योग–व्यवसाय ऐन, कम्पनी ऐन र कर ऐन, नियमावलीको पनि समय–समयमा व्यापारमैत्री वातावरण निर्माणको लागि पुनरावलोकन गरिएको छ।
केहीबाहेक सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्। विदेशी लगानीलाई स्वदेशी उद्योगसँग बराबरीमा लिइन्छ। तपाईंले सम्पत्ति लगानी वा संयुक्त उद्यम वा लिज फाइनान्सिङका साथै प्रविधि हस्तान्तरण सम्झौतामार्फत नयाँ कम्पनी स्थापना गर्न सक्नुहुन्छ।
अहिले नेपालको ऊर्जा आपूर्ति स्थिति उल्लेखनीय सुधार भएको छ। अहिले हामी अतिरिक्त विद्युत् निर्यात गर्ने अवस्थामा छौं। सडक, रेलमार्ग, उड्डयन, औद्योगिक पार्क र अन्य पूर्वाधार विस्तार भइरहेका छन् जसले व्यवसायलाई प्रभावकारी र उपयोगी बनाउन योगदान पुर्याउने छ।
(चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आइतबार बेइजिङमा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्दै गरेको सम्बोधनको एक अंश)