काठमाडौं। युरोपको ठूलो इलेक्ट्रोनिक्स ब्रान्ड बेकोले दसै–तिहार २०८० लाई लक्षित गर्दै ‘बेकोको सौगात, सम्बन्ध प्रगाढ’ नामक योजना सार्वजनिक गरेको छ। यो योजना भादौ २७ देखि सिमित अवधिका लागि लागू गरिएको छ।
उक्त योजनाअन्तर्गत बेको ब्रान्डका कुनै पनि सामान खरिदमा आकर्षक उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
जसअनुसार वासिङ मेसिन र वासर ड्रायर खरिदमा ६ केजीको एरिअल म्याटिक वासिङ पाउडर र डिसवासर खरिदमा दुई प्याकेट फोर्चुन डिसवासर ट्याब्लेट उपहार प्राप्त गर्न सकिने छ।
साथै, सिङगल डोर रेफ्रिजिरेटरमा चोप्पर , डबल डोर रेफ्रिजिरेटरमा इलेक्ट्रिक किटली र मल्टी डोर रेफ्रिजिरेटरमा इलेक्ट्रिक प्रेसर कुकर उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
यसैगरी, कुकिङ रेन्ज (फ्री स्टान्डिङ ओवन) खरिदमा प्रेसर कुकर र एअर कन्डिसनर खरिदमा फ्री इन्स्ट्लेसन पाइने छ। साथै, कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेसन सुविधा पनि प्रदान गरेको छ।
यस्तै शून्य प्रतिशतमा फाइनान्स सुविधा, पुराना भएका सामान फेरबदल गरी नयाँ सामान लिन चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुविधा र चाडपर्वका अवसरमा सामान खरिद गर्ने ग्राहकले ‘सिजी लोयल्टी क्लब’ को रिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यले ललितपुरस्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउन सक्नेछन्। यी सुविधाका लागि ग्राहकले www.cgelex.com मा गएर आफ्नो विवरण दर्ता गर्न सक्नेछन।