काठमाडौं। काठमाडौं बानेश्वरमा मल्टिब्रान्ड क्लोदिङ स्टोर सञ्चालनमा आएको छ। नेपाली ब्रान्डका कपडालाई प्रोत्साहन गर्ने उद्देश्यले ६ वटा नेपाली ब्रान्डका गर्मेन्ट सञ्चालकले यो स्टोर सञ्चालनमा ल्याएका हुन्।
यो स्टोरमा याक एनड नेक, भर्जिन, गोफी, ट्याग, फ्रिडमर र केके ब्रान्डका कपडा राखिएका छन्।
स्टोर उद्घाटन उद्योगी पवन गोल्यानले गरेका हुन्। नेपाली कपडा पनि कम मूल्यमा राम्रो गुणस्तरका हुन्छन् भन्ने यो स्टोरले प्रमाणित गर्ने उनले बताए।
‘यही गुणस्तरका कपडा हामीले विदेशी ब्रान्डका किन्यौँ भने २/३ गुणा महँगो पर्छ। सस्तोमा राम्रो सामान नेपाली नै पाइन्छ भने विदेशी किन लागाउने?,’ उनले भने।
नेपाली उत्पादन प्रोत्साहन गर्न आफूले पनि सकेसम्म नेपालमा बनेका र उत्पादन भएका समाग्री नै प्रयोग गर्ने गरेको उनले बताए।
यस स्टोरमा सिधै फ्याक्ट्रीबाट सामान ल्याइने भएकाले ग्राहकले सस्तोमा राम्रो गुणस्तरका कपडा पाइने नेपाल स्थानीय तयारी पोसाक उत्पादक संघका अध्यक्ष किशोर नेपालले बताए। देशका अन्य सहरमा पनि मल्टी स्टोर विस्तार गर्ने तयारी रहेको उनले जानकारी दिए।
‘यहाँ भएका सबै ब्रान्डले होलसेल र रिटेललाई मात्र सामान उपलब्ध गराउँथ्यो। यसो हँुदा बीचमा धेरै तह हुने भएकाले सामान केही महंगो पथ्र्यो। यहाँ कपडा सिधै फ्याक्ट्रीबाट आउने भएकाले ग्रहकले सुपथ मूल्यमा पाउनुहुन्छ,’ उनले क्यापिटल नेपालसँग भने।
नेपाली ब्रान्ड पनि विदेशीभन्दा कम छैन भनेर बुझाउन पनि मल्टीब्रान्ड स्टोर सञ्चालनमा ल्याइएको फ्रिडम ब्रान्डकी सञ्चालक मुना थापाले जानकारी दिइन्।