काठमाडौं। ग्लोबल आइएमई बैंकले सिरहा कल्याणपुर नगरपालिका–११ कल्याणपुरमा ६५औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कता हेरेर ग्लोबल आइएमई बैंक मिर्चैया शाखामातहत रहने गरी एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।
एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने, रेमिट्यान्स सुविधा प्रदान गर्नेलगायत सबै किसिमका साधारण बैंकिङ सेवा उपलब्ध हुनेछन्।
ग्लोबल आइएमई बैंकले हाल ३ सय ५० शाखा, ३ सय ६८ एटिएम, ३ सय २२ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर एवं तीन वैदेशिक प्रतिनिधि कार्यालयबाट ४० लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ।
त्यसैगरी बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत देशबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ।