दोलखा। रमणिय र चर्चित शैलुुङको सय थुम्काले चिनिएको पर्यटकीय क्षेत्र दोलखाको शैलुङ क्षेत्र वरपर यतिबेला तरकारी खेतीले हराभर भएको छ। कच्चि सडकको कारण यातायात साधनहरु सहजै रुपमा चल्न नसकेर कष्टकर यात्रा गर्न बाध्य शैलुङका स्थानीयहरुको कृषि मोह भने लोभलाग्दो देखिन्छ।
उसै त हरिहाली देखिने शैलुङ क्षेत्रको बारीमा लगाएको आलु र काउलीको कारण हरियालीमय भएको छ। कृषक लालबहादुर श्रेष्ठका अनुसार यो ठाउँ निकै अग्लो स्थानमा पर्ने भएकाले पनि यहाँको आलुु, काउली, बन्दालगायतका तरकारी बारीमा नै बुकिङ हुने भएकोले खेतीप्रति आकर्षण बढेको हो। बारीमै उत्पादन भएका तरकारी लिन आउने भएपछि सडकको दुःख भुलेर किसानहरु खेतीपातीमा रमाइरहेको उनले बताए।
‘यो अर्गानिक तरकारी भएकाले पनि काठमाडौंमा खोसाखोस हुने गरेको छ,’ स्थानीय कृषक श्रेष्ठले भने ‘शैलुुङका माथिल्लो भाग झोर, मनागाउँ, कालापानी, ढुङ्गे, छाँगा गुुफा, फालाँटे, चित्रे पाखा, भैंसे, खोरण्डे, कुने, डोबाटा लगायतका स्थानमा व्यवसायिक तरकारी खेती हुँदा कृषकहरु आफ्नो दिनचर्या फेरिएको छ।’
किसानले तरकारी खेतिबाटै आफ्नो घरखर्च मात्रै चलाएका छैनन् छोराछोरीलाई पढाउने खर्चसमेत जुटाउँदै केही रकम बचतसमेत गर्ने गरेको बताउँछन्।
अहिले बारीका गराबाट आलै माटोबाट आलु झिक्न नपाउँदै यहाँका कृषकले काउली र बन्दा लगाउन सुरु गरेका छन्। शैलुुङ गाउँपालिका वडा नम्बर ८ शैलुुङ डाँडाको तल्लो भागमा लाखौं मूल्य कारोबार हुने गरी स्थानीय कृषकहरुले बन्दा, काउली मटरकोसा केराउ, गाजर, हरोयो मकै लगायतका बेमौसमी बाली उत्पादन गर्दै आएका छन्। बारीबाटै लाखौं रुपैयाको तरकारीहरु बेचिरहेको स्थानीयहरुको भनाई छ। एक जना किसानले एकै सिजनमा ५ लाख रुपैयाँसम्म काउली मात्रै बेच्छन।
शैलुुङ गाउपालिका वडा नम्बर ८ कालापानीका कृषक गोपाल थपलियाले यो वर्ष ५ लाख बराबरको काउली बेचेको बताए। त्यहाँका किसानहरुले आलु÷काउली मात्र हैन व्यवसायीक रुपमा चौरी र भेडा बाख्रासमेत पाल्दै आएका छन्।
पर्यटकीय स्थान भएकाले पनि यहाँ आउने पर्यटकलाई किसानले रित्तो हात फर्कन नदिन आलु, काउली मटरकोसा, गाँजर व्यवसायिक रुपमा नै उत्पादन गर्न थालेर आम्दानी हुन थालेको स्थानिय कृषक रमेश श्रेष्ठको भनाई छ।
‘हामीले व्यवसायिक खेती गर्दा स्थानीय सरकारले हाम्रो सामाग्री सप्लाई गर्न सडक सुविधा पर्याउन नसक्दा उत्पादित काउली गाँजर ,मटरकोसा कुहिँदा दुःख लागेको छ,’कृषक श्रेष्ठले भने, ‘अहिले शैलुुङमा उत्पादित तरकारीहरु काठमाडौंमा पुुगिरहेको छ,मुडेको आलुु भन्दै बजार धानिदिएको मुडेमा पनि शैलुुङका किसानले दिइरहेका छन्।’
आलुु र अन्य तरकारीको बजारीकरण गर्न सोभित उप्रेतीको सहयोगमा देश ठुला नेतालाई समेत शैलुुङको आलुुसमेत उपहार दिएका थिए।