काठमाडौं। स्थापनाकालको छोटो समयमै, वैधानिक माध्यमबाट संसारका २ सयभन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको डिजिटल रेमिट्यान्स कम्पनी ई–सेवा मनी ट्रान्स्फरले डिजिटल रेमिट्यान्सका माध्यमबाट रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिएको छ।
ई–सेवा मनी ट्रान्स्फरले यस अभियानअन्तर्गत फेरि पनि काठमाडौंमा घर योजना सार्वजनिक गरेको छ।
ई–सेवा मनी ट्रान्स्फर र ई–सेवाबीच सम्झौतासँगै सुरु भएको थियो। यो अभियान असोज १ बाट सुरु भएर असार ३१ सम्म चल्ने छ। परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटलतर्फ लैजाने अभिप्रायसाथ यो अभियान सुरु गरिएको हो। यो योजना १० महिना चल्ने छ।
‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत संसारका जुनै पनि देशमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको ई–सेवा वालेटमा पैसा पठाइ सहभागिता जनाउन सक्नेछन्। यस अभियानमा चार परिवारलाई विशेष कोसेली, हरेक महिना एकजनाको पैसा डबल तथा बम्पर उपहारमा एकजनाले काठमाडौंमा घर प्राप्त गर्नेछन्।
अभियानबारे एफवान सफ्ट ग्रुपका डाइरेक्टर सुवास शर्माले यो योजना वैदेशिक रोजगारीमा रहेका नेपालीले गरेको समर्पण र बलिदानप्रति हाम्रो प्रशंसाको प्रतीक भएको बताए।
‘विदेशमा काम गर्ने नेपालीको एउटा आकांक्षा भनेको काठमाडौंमा घर बनाउनु हो र यस अभियानका माध्यमबाट हामीले कम्तीमा एउटा व्यक्तिको सपना पूरा गर्न सक्नेछौं,’ उनले भने, ‘साथै, ई–सेवा मनी ट्रान्स्फर र ई–सेवाको संयुक्त प्रयासले यस अभियानलाई अझ धेरै डिजिटल माध्यमलाई बढावा दिइने छ।’
अभियानबारे एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजी डाइरेक्टर डेनियल डी श्रेष्ठले ई–सेवा मनी ट्रान्स्फरले स्थापनाकालदेखि नै आर्थिक विकासमा महत्वपूर्ण योगदान दिँदै आएको बताए।
ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले ई–सेवा र ई–सेवा मनी ट्रान्स्फरको संयुक्त प्रयासबाट विदेशमा रहेका नेपालीलाई डिजिटल माध्यमबाट केही मिनेटमै नेपालमा सहजै पैसा पठाउन मिल्ने बताए।
त्यसैगरी ई–सेवा मनी ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले यो अभियानमा विश्वको जुनसुकै ठाँउमा रहेका नेपाली सहभागी हुने र देश डिजिटल बनाउन योगदान पुगिरहेको बताए।
यसका साथै ई–सेवा मनी ट्रान्स्फरका ब्रान्ड एम्बेसेडर राजेश हमाल, स्वस्तिमा खड्का, दयाहाङ् राई र ई–सेवाका ब्रान्ड एम्बेसेडर बिपिन कार्कीले डिजिटल रेमिट्यान्ससम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेतनामूलक कार्यक्रममा अभियानलाई प्रवर्द्धन गर्न सहभागिता जनाउने कम्पनीले जनाएको छ।