काठमाडौं। नाडा अटो शो २०२३ सम्पन्न भएको छ। गत भदौ २६ देखि राजधानीको भृकुटी मण्डपमा सुरु भएको शो आइतबार सम्पन्न भएको हो। अटो शोमा ७६ हजार १ सयले अवलोकन गरेको नाडाका अध्यक्ष ध्रुब थापाले जानकारी दिए। प्रदर्शनी सोचे भन्दा राम्रो भएको उनले बताए।
नाडा अटो शोको शीर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आयल छ भने सहप्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड थियो।
यसैगरी शोको डोर प्राइजमा याडिया, टिकट पार्टनर खल्ती, अफिसियल इन्टरनेट पार्टनर वर्ल्डलिंक, फायर सेफ्टी सपोर्ट हिटको प्रालि एवं हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्पिटल छन्। शो व्यवस्थापनमा ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेस रहेको थियो।
शोमा ठूला तथा साना गरी करिब १ सय २० स्टल र ब्लक रहेको थियो। शोमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारीसाधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकको सहभागिता रहेको थियो।
शोमा १६ ब्रान्डका चारपांग्रे तथा २२ ब्रान्डका दुईपांग्रे, सात ब्रान्डका लाइट कमर्सियल भेइकल, नौ वित्तीय संस्था तथा ३० लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहेको थियो।
अटो शोमा चारपाँग्रेअन्र्तगतको बेस्ट स्टल बिवाइडी र साइमेक्स भएका छन्। वेस्ट कमर्शियल भेहिकलमा फोर्समोटर, दुई पाँग्रेमा अग्नी मोटरको जाभा र बेस्ट सर्पोटिङ स्टलमा पौडेल इन्टरप्राइजेज रहेका छन्।