काठमाडौं । दुई हप्ता अघि सावमी फानको आधिकारिक वितरक एमआई नेपालले रेडमी नोट एट र नोट एट प्रो सार्वजनिक गरेको छ । कम्पनीले यस अघि नोट एट सिरिजकै रेड्मी नोट एट फोन सार्वजनिक गरेको थियो । नेपाली बजारमा एकै साथ सार्वजनिक भएका यी दुई फोनहरु उत्कृष्ट मिड रेन्ज फोनहरुको रुपमा नेपाली बजारमा रुचाइएको छ ।
नेपाली बजारमा नोट एट फोनको अहिले दुई भेरियन्ट उपलब्ध छ भने नोट एट प्रोको तीनओटा भेरियन्ट उपलब्ध छ । नोट एट ४ जीबी रैम र ६४ जीबी इन्टरनल स्टोरेज र ६ जीबी रैम र १२८ जीबी इन्टरनल स्टोरेजज भेरियन्टमा उपलब्ध छ ।
यस्तै नोट एट प्रोको तीन भेरियन्टहरु ६ जीबी रैम र ६४ जीबी इन्टरनल स्टोरेज भेरियन्ट, ६ जीबी रैम र १२८ जीबी इन्टरनल स्टोरेज भेरियन्ट र ८ जीबी रैम र १२८ जीबी इन्टरनल स्टोरेज भेरियन्ट रहेको छ । रेडमी नोट एटको दुई भेरियन्टको मूल्य १९ हजार र २४ हजार रहेको छ भने नोट एट प्रोको तीनओटा भेरियन्टको मूल्य क्रमशः २७ हजार, ३० हजार र ३३ हजार रहेको छ ।
रेडमी नोट एट र प्रो दुबैमा वाटरड्रप स्टाइल नोच रहेको छ । यसको अगाडी र पछाडी दुबैमा गोरिल्ला ग्लास फाइभ प्रयोग भएको छ । रेडमी नोट एटमा ६.३ इन्चको फूल एचडी प्लस स्क्रिन रहेको छ भने नोट एट प्रोमा ६.५३ इन्चको पूर्ण एचडी डिस्प्ले रहेको छ । प्रोसेसरको कुरा गर्दा नोट एटमा ओक्टा कोर क्वालकम स्नापड्रागन ६६५ एसओसी र नोट एट प्रोमा मिडियाटेकको नयाँ हेलियो जी नाइन्टी टी प्रोसेसर प्रयोग भएको छ ।
क्यामेराको हकमा कुरा गर्दा नोट एट र नोट एट प्रो दुबैमा क्वाड रियर क्यामेरा प्रयोग भएको छ तर प्राइभेरी सुटर भने यी दुईमा फरक रहेको छ । नोट एटमा ४८ मेगापिक्सल्सको प्राइभेरी क्यामेरा रहेको छ भने नोट एट प्रोको प्राइमेरी क्यामेरा ४८ मेगापिक्सल्सको रहेको छ । अन्य तीनओटा क्यामेरा भने दुबै फोनमा समान रहेको छ ।
दुई फोनमा बैट्री ब्याकअपको कुरा गर्दा रेडमी नोट एटमा ४ हजार एमएएचको बैट्री रहेको छ जसमा १८ वाटको फास्ट चार्जिङ सपोर्ट रहेको छ भने रेडमी नोट एट प्रोमा ४५ सय एमएएचको बैट्री छ र १८ वाटकै फास्ट चार्जिङ सपोर्ट छ ।
रेडमी नोट एट प्रो डिजाइन, सफ्टवेयर, पर्फमेन्स, क्यामेरा र पैसामा नोट एटभन्दा अगाडी छ भने डिस्प्ले, बैट्री लाइफमा यी फोन समान छन् ।