काठमाडौं। शैक्षिक संस्था, विभिन्न प्रकारका संस्था, कन्सल्टेन्सीलगायतका कार्यालयलाई आफ्ना ग्राहक तथा भिजिटरको डेटा संकलन र संशाेधन गर्न सजिलो हुने गरी बनाइएको ओम्नियुज प्लेटफर्म नेपालमा पनि सुरु गरिएको छ। विश्वभरिका डिजिटल ग्राहक र संस्थाबीच समन्वय सिर्जना गर्ने उद्देश्यले एप्लिकेसन सञ्चालनमा ल्याइएको हो।
उक्त एप्लिकेसन अमेरिकी कम्पनी डिजिटल फर्मुलेसन एलएलसीले निर्माण गरेको हो। जसमा गुगल र माइक्रोसफ्टभन्दा बढी फिचर छन्। साथै, एप प्रयोगकर्ताका लागि अनुकूल र कतिपय सुविधा निःशुल्क छ।
ओम्नियुज प्लेटफर्म फरक-फरक तीन तरिकाले प्रयोग गर्न सकिन्छ: (वेब एप, मोबाइल एप र कनेक्ट एपिआई) र एप्लिकेसन एकअर्कासँग जोडिएको छ।
ओम्जियुज वेब एप्लिकेसनले विभिन्न संघसंस्थाका फर्म बनाउन, प्रकाशित गर्न र पेस गरेको फर्मलाई म्यानेज गर्छ। ओम्नियुज मोबाइल प्रयोगकर्ताले आफूलाई चाहिएको विवरण हेर्न, खोज्न र अप्लाई गर्न सक्नेछन। कनेक्ट एपले मोबाइल र वेब एप्लिकेसनबीच जोड्छ। साथै, प्रयोगकर्ताले सजिलैसँग सेवा किन्न र आफूलाई नचाहिएको बेलामा बन्द गर्न पनि सहज छ।
यस सिस्टमको उद्देश्य विभिन्न संघसंस्था र ग्राहकको फर्म बनाउँदा, प्रकाशन गर्दा, अप्लाई गर्दा हुने समस्यालाई कम गर्ने हो। यसमा नेपाली, हिन्दी र अग्रेजी भाषा समावेश गरिएको छ। जसले गर्दा कुनै पनि संघसस्थाको फर्म खोज्न, हेर्न भर्न सहज हुने र आवश्यक परेका डकुमेन्ट तथा जानकारी प्राप्त गर्न सकिन्छ। एपले आइटी क्षेत्र विकास र रोजगारी सिजर्ना गर्न सहयोग गर्ने विश्वास छ।
ओम्नियुज मोबाइल एप फ्लुटरबाट बनाएको छ जसले गर्दा धेरै मोबाइलमा चलाउन सकिन्छ। त्यसैगरी वेब एप पिएचपी र बिजनेस लजिक जाभाबाट निर्माण गरिएको छ।
ओम्नियुज वेबमा रेगुलर र सब्सकृप्सन गरेर दुईवटा संस्करण छ। रेगुलर मोडेल विभिन्न संघसंस्थाका लागि बनाएको हो, यसलाइ संस्थाले आफ्नै सर्भरमा पनि राख्न सक्नेछन। रेगुलर मोडेलमा सुविधाअनुसार मूल्य राखिएको छ। सब्सकृप्सन मोडेल सम्पूर्ण संघसस्थाका लागि निःशुल्क छ।
ओम्नियुज एप्लिकेसनमा छोटो समयमा फर्म बनाउन, प्रकाशन गर्न र व्यवस्थापन गर्ने सकिन्छ। यस प्लेटफर्ममा स्वचालित प्रक्रिया भएकाले कुनै पनि व्यवसायीलाई व्यापार व्यवस्थित गर्ने, नयाँ फर्म बनाउँदा लागत घटाउन र दक्षता बढान मद्दत गर्छ। एक क्लिकमै प्रकाशन गर्न सकिने र फर्म बनाउँदा छोटो समय लाग्ने भएकाले समयको बचत हुन्छ।
फर्म फिल्ड डार्ग एन्ड ड्रप मुख्य फिचरको रूपमा छ जसले गर्दा प्राविधिक वा अप्राविधिक सबैले सजिलैसँग फर्म बनाउन सकिन्छ। साथै फर्म फिल्ड्स विभिन्न भाषामा छ।
ओम्नियुज मोबाइल एप त्यस्ता ग्राहक वा प्रयोगकर्ताहका लागि हो, जसले प्रत्येक दिन विभिन्न डिजिटल आवेदन फर्म भर्नुपर्ने हुन्छ। जस्तै: विद्यालय, कलेज, विश्वविद्यालय, इन्टर्नशिप, जागिर, बैंक खाता खोल्न र सरकारी फारमहरू।
साथै, यस एप्लिकेसनमा विश्वभरि रहेका कुनै पनि डिजिटल आवेदन फर्म खोज्न, हेर्न र आवेदन दिन सकिन्छ। ओम्नियुजको मोबाइल एप आइओएस र एन्ड्रोइड फोनमा निःशुल्क उपलब्ध छ। मोबाइल प्रयोगकर्ताले आफ्नो व्यक्तिगत सूचना र डकुमेन्ट एप्लिकेसनमा राख्न सक्नेछन।
अटोफिल प्रमुख फिचर हो। जसले एकपटक पेस गरेको फर्म स्वःत भर्छ, यसले गर्दा प्रयागकर्ताहले उही फर्म बारम्बार भर्नु पर्दैन। ओम्नियुज वेब एप्लिकेसनको उद्देश्य सबै व्यापारसहित स्कुल, केलज, विश्वविद्यालय, मेनपावर, अस्पताल, कर्पाेरेट संस्था, स्थानिय तथा संघीय सरकार र एनजिओ तथा आइएनजीलगाएतका संघसंस्थालाई सेवा प्रदान गर्नु हो।
जसलाई अनलाइनबाट फर्म भर्न आवश्यक पर्छ। ओम्नियुज एप्लिकेसनले गुगल र माइक्रोसफ्टभन्दा उत्कृष्ट सुविधा प्रदान गर्छ। समग्रमा ओम्नियुज एक डिजिटल प्लेटफर्म हो, जसले संस्थालाई मोबाइल एप र वेबमार्फत डिजिटल ग्राहकसम्म पुग्न सहयोग गर्छ।