काठमाडौँ । सञ्चालनमा रहेका लघुवित्त संस्थाहरुले गत वर्षमा गरेको नाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरिरहेका छन् । सञ्चालनमा रहेका ८९ लघुवित्त संस्थाहरु मध्ये नेपाल स्टक एक्चेन्ज (नेप्से) लिमिटेडमा ५० लघुबित्त सूचीकृत छन् । त्यस मध्ये ४२ संस्थाहरुले लाभांश घोषणा गरिसकेका छन् ।
लाभांश घोषणा गर्ने लघुवित्त कम्पनीहरुमा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स, छिमेकी लघुवित्त वित्तीय संस्था, उन्नति माइक्रो फाइनान्स, ग्लोबल आइएमई लघुवित्त संस्था लगायतका ४२ लघुवित्त संस्थाहरु छन् । जसमा सबै भन्दा बढी नेशनल माइक्रो फाइनान्स वित्तीय संस्थाको लाभांश छ ।
यस संस्थाले आफ्ना लगानीकर्ताहरुलाई ७५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी ८० प्रतिशत लाभांश दिन लागेको हो । त्यसैगरी सबैभन्दा कम लाभांश गणपति माइक्रो फाइनान्स संस्थाका रहेको छ ।
यस संस्थाको ७ प्रतिशत बोनस र ०.३६ प्रतिश नगद गरी कुल ७.३६ प्रतिशत लाभांश दिन लागेको हो । लघु वित्त संस्थाहरुले गत वर्षको नाफाबाट आफ्ना लगानीकर्ताहरुलाई सो लाभांश दिन लागेका हुन् ।
त्यस्तै,महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले पनि गत आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश घोषणा गरेको छ ।त्यस्तै लाभांश घोषणा नगर्ने लघुवित्त संस्थाहरुमा डिप्रोक्स लघुवित्त, वोमी, जनउत्थान सामुदायिक,नाडेप लघुवित्त, नेपाल सेवा, ग्रामीण विकास लघुवित्त, आँधिखोला लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त रहेका छन् । त्यस्तै,महिला सहयात्राले मंगलबार लाभांश घोषणा गरेको छ ।