काठमाडौं। डिजाइन, फिचर, सुरक्षा र पर्फर्मेन्सका आधारमा उत्कृष्ट मानिएको ‘एमजी ४’ नेपालमा पनि ग्राहकको मन जित्न सफल भएको छ। सन् २०२३ को ‘युके कार अफ द इयर’ हुनुका साथै यसले युरोपमा पनि सेफ्टीका लागि पाँचतारा पाएको छ।
एक साताअघि मात्रै नेपाली बजार आएको एमजी ४ नाडा अटो शोमा अवलोकनकर्ताको मूख्य आकर्षण बन्यो।
प्योर इभी प्लेटफर्मममा बनेको एमजी ४ स्पोर्टी लुक्स भएकाले पनि धेरैको रोजाइमा परेको एमजीका लागि नेपालको आधिकारिक वितरक पारामाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्यालले बताए।
‘हामी नाडा अटो शोमा गाडी बुकिङ गर्नुभन्दा गाडी देखाउन र टेस्ट ड्राइभ गराउन फोकस गरिरहेका छौं। एमजी ४ को फिचर्स, लुक्स र पर्फर्मेन्सले धेरैको मन जितेको छ,’ उनले भने।
कम्फर्ट र लक्जरी गरी दुई भेरिएन्टमा उपलब्ध एमजी ४ कम्फर्टको ब्याट्री क्षमता ५१ किलोवाट आवर छ र यसमा ९९ किलोवाट मोटर छ।
त्यस्तै एमजी लक्जरीको ब्याट्री क्षमता ६४ किलोवाट आवर छ भने १ सय ५० किलोवाटको मोटर छ।
एमजी ४ इभीको मुख्य आकर्षण भनेको इन्डिभिजुअल सस्पेन्सन र रियर ह्विल ड्राइभ हो। जसले ड्राइभिङ एक्सपिरियन्स उत्कृष्ट बनाउँछ।
एमजी ४ ले सिंगल चार्जमा ४ सय ३५ किलोमिटरसम्म रेन्ज दिन सक्छ। राम्रो ह्यान्डलिङ र ट्र्याक्सनका लागि यसमा रियर ह्विल लेआउट छ। त्यस्तै यात्रु सुरक्षाका लागि रियर आइसोफिक्स, फ्रन्ट साइड एयर ब्याग, टायर प्रेसर मनिटरिङ सिस्टम, सिट बेल्ट रिमाइन्डरजस्ता फिचर छन् भने सुविधा र सहजताका लागि मोबाइल फोन ब्लुटुथ की, पाँच ड्राइभिङ मोडजस्ता फिचर छन्।
त्यस्तै हाइभोल्टेज ब्याट्रीमा १ लाख ५० हजार किलोमिटरसम्म आठ वर्षको वारेन्टी दिइएको छ भने हाइभोल्टेज कम्पोनेन्टमा १ लाख किलोमिटरसम्म तीन वर्षको वारेन्टी दिइएको छ।
त्यस्तै एमजी ४ कम्फर्टको सुरुवाती मूल्य ४१ लाख ४९ हजार छ भने एमजी लक्जरीको सुरुवाती मूल्य ५८ लाख ९९ हजार छ।
एमजीका यी दुवै इभीमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रिभर्सिङ क्यामेरा र आवश्यक सेफ्टी फिचर छन्। यी दुवैमा एमजीले आफ्टर सेल्स सर्भिस र एक वर्षको वारेन्टी दिइएको छ।
हाल नेपालभरि एसी र डिसी गरेर १९ एमजी चार्जिङ स्टेसन छन्। यद्यपि, २०२३ अन्त्यसम्म पारामाउन्ट मोटर्सले चार्जिङ स्टेसन संख्या ५० सम्म पुर्याउने लक्ष्य राखेको छ।
आफ्ना सेवाग्राहीको सहज यात्राका लागि पारामाउन्ट मोटर्सले देशका मुख्य स्थान मुलकोट, चितवन, कुरिनटार, बुटवल र ढल्केबरमा डिसी चार्जिङ स्टेसन स्थापना गरेको छ। यी स्थानमा आधा घन्टामै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने नयाँ सर्भिस सेन्टर कुसुन्ती तथा इटहरी, बिर्तामोड, बर्दीवास, वीरगन्ज, पोखरा, हेटौंडा, नौबिसे, नेपालगन्ज, धनगढी, गाईघाट र दाङ लमहीमा पनि चाँडै डिसी चार्जिङ स्टेसन स्थापना गरिने जानकारी दिएको छ।
त्यस्तै काठमाडौं, बिर्तामोड, विराटनगर, चितवन, बर्दीवास, सिन्धुली, पोखरा, कुरिनटार, मुलकोट, बुटवल, वीरगन्ज, इटहरी, जनकपुर र ढल्केबरमा एसी चार्जिङ स्टेसन छन्।