एजेन्सी। सन् २०२२ मा विश्वभरि ऊर्जा उत्पादन २.३५ प्रतिशत बढेको छ। गत वर्ष २९ हजार १ सय ६५.२ टेरावाट घन्टा बिजुली उत्पादन भएको थियो।
विश्वऊर्जा उत्पादनमा अझै पनि कोइलाको राज देखिएको छ। बिजुलीको कुरा गर्दा कोइलाले अझै पनि हिस्सा लिएको छ। २०२२ मा विश्वव्यापी ऊर्जा उत्पादनको ३५.४५ प्रतिशत योगदान कोइलाको छ।
त्यसपछि प्राकृतिक ग्यासको हिस्सा २२.७५ र जलविद्युत १४.९ प्रतिशतमात्र छ। यस्तै आणविक ऊर्जा हिस्सा ९.२, तेल २.५, वायु ७.२, सोलार ४.५ र अन्यको हिस्सा २.७ प्रतिशत छ।
नवीकरणीय ऊर्जाको माग विश्वव्यापी बढे पनि अझै पनि कोइलाको वर्चश्व रहने देखिएको छ। विश्वको कूल कोइलाबाट उत्पादन हुने बिजुलीको तीन चौथाइभन्दा बढी तीनवटा देशमा मात्र खपत हुन्छ।
चीन कोइलाको शीर्ष प्रयोगकर्ता हो। जसले विश्वव्यापी कोइला मागको ५३.३ प्रतिशत खपत गर्छ। त्यसपछि भारतको १३.६ र अमेरिकाको ८.९ प्रतिशत हिस्सा छ।
कोइला बिजुली उत्पादनका साथै धातु पगाल्न र सिमेन्ट उत्पादनमा बढी प्रयोग हुने गरेको छ। कोइला हरित ग्यास (कार्बन) उत्सर्जनको सबैभन्दा ठूलो स्रोत हो। विश्वमा कोइलाको प्रयोग घटाउँदै नवीकरणीय ऊर्जामा जाने तयारी धनी देशले गरिहेका छन्।
तै पनि सन् १९९७ देखि जापान क्योटोमा पहिलो विश्वव्यापी जलवायु सम्झौतामा हस्ताक्षर भएको वर्षदेखि विद्युत उत्पादनमा यसको प्रयोग ९१.२५ प्रतिशतले बढेको छ।
नवीकरणीय ऊर्जा उत्पादन बढ्दो
२०२२ मा नवीकरणीय ऊर्जा जस्तै, वायु, सौर्य र भूतापीयको १४.७ प्रतिशतको असाधारण वार्षिक वृद्धि दरसँग कूल बिजुली उत्पादन हिस्सा १४.४ प्रतिशत छ। सौर्य र वायु ऊर्जाको हिस्सा पनि बढ्दै गएको छ। यद्यपि, अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीसहित अन्य धेरैले यसलाई राम्ररी स्थापित नवीकरणीय ऊर्जा प्रविधि मान्छन्।
फ्रान्सको आणविक भयानक वर्ष
यस वर्षको रिपोर्टमा अर्को ठूलो विषय परमाणु ऊर्जा थियो। युक्रेनको आणविक ऊर्जा प्लान्टमा अवरोधबाहेक फ्रान्सको आणविक फ्लिटमा चार रियाक्टरको सुरक्षा इन्जेक्सन प्रणालीमा पाइने क्षरण सम्बोधनका लागि गरेको बन्दले विश्वव्यापी प्रयोगमा ४ प्रतिशत गिरावट ल्यायो।
त्यहाँ आणविक ऊर्जाबाट उत्पादन हुने बिजुलीको मात्रा २०२२ मा २२ प्रतिशत घटेर २ सय ९४.७ टेरावाटमा आइपुग्यो। फलस्वरूप, फ्रान्स विश्वको सबैभन्दा ठूलो बिजुली निर्यातकर्ताबाट शुद्ध आयातकर्तामा पुग्यो।
भविष्यलाई शक्ति दिँदै
मेकानिकल ऊर्जालाई विद्युतीय ऊर्जामा परिणत गर्नु एक अपेक्षाकृत सिधा प्रक्रिया हो। आधुनिक पावर प्लान्ट इन्जिनियरिङ चमत्कार हुन्। तर, तिनीहरू अझै पनि सन् १८३१ मा माइकल फाराडेद्वारा आविष्कार गरिएको पहिलो जेनेरेटरका रूपमा समान सिद्धान्तमा काम गर्छन्।
गर्मीमा संसारभरि तापक्रम रेकर्ड सेट भइरहेकाले यी तनाव समाधान गर्न अर्को वर्षको प्रतिवेदन स्वच्छ ऊर्जा भविष्यका लागि विश्वप्रतिबद्धताको महत्वपूर्ण परीक्षण हुन सक्छ।
(भिजुअल क्यापटलिस्टको सहयोगमा)