काठमाडौं। करेन्ट चाउचाउ उत्पादक कम्पनी यशोदा फुड्सले नायिका केकी अधिकारीलाई ‘ब्रान्ड एम्बेसेडर’ नियुक्त गरेको छ।
यशोदा फुड्सले आफ्नो लोकप्रिय उत्पादन करेन्ट चाउचाउ तथा स्न्याक्सका लागि नायिका अधिकारीलाई ब्रान्ड एम्बेसेडर नियुक्त गरेको हो।
यशोदा फुड्स प्रालिले सन् २०१७ मेबाट व्यवसाय सुरु गरेको थियो। सुरुवाती दिनमा लाली र करेन्ट ब्रान्डअन्र्तगत तयारी चाउचाउ उत्पादन गर्ने सोचसाथ रुपन्देही तिलोत्तमाबाट कम्पनीले आफ्नो उत्पादन थालेको थियो।
हाल कम्पनीले विभिन्न ब्रान्डका चाउचाउ तथा स्न्याक्स उत्पादन गरी नेपाल तथा विभिन्न देश निर्यात गर्दै आइरहेको छ। सुपर प्रिमियम सेग्मेन्टअन्र्तगत कम्पनीले करेन्ट हट एन्ड स्पाइसी, करेन्ट २× स्पाइसी, करेन्ट हट एन्ड लेमन स्पाइसी नुडल्स, करेन्ट चिज एन्ड बटर, करेन्ट मसरुम तथा करेन्ट कप नुडल्स उत्पादन गरिरहेको छ।
त्यस्तै प्रिमियम सेग्मेन्टअन्र्तगत करेन्ट, लालीलगायत चाउचाउ उत्पादनमा छन्। त्यसैगरी प्रिमियम स्न्याक्स सेग्मेन्टअन्र्तगत, करेन्ट चिजबल, करेन्ट हट एन्ड स्पाइसी स्टिक्स, करेन्ट पोटेटो क्र्याकर, करेन्ट पोटेटो स्टिक्स, करेन्ट अचारी स्टिक्स, करेन्ट हट एन्ड लेमन स्टिक्स, करेन्ट ओनियन रिङ, करेन्ट मखनालगायत प्रिमियम स्न्याक्स उत्पादन गरी नेपाललगायत विदेशसमेत निर्यात गरिरहेको छ।
गुणस्तरीय चाउचाउ र स्न्याक्स उत्पादन गरी नेपाल, भारत, जापान, भुटान, दुबई, अस्ट्रेलिया, युरोप, बेलायत, अमेरिका, क्यानडा, मलेसिया, सिंगापुरलगायत देशमा निर्यात गरिरहेको यशोदा फुड्सले आफ्ना उत्पादन र ब्रान्डप्रति उपभोक्ताको दिनहुँको विश्वास र भरोसा नै आफ्नो सम्पत्ति र ख्याति भएको जनाएको छ।
हाल करेन्ट हट एन्ड स्पाइसी नुडल्स नेपालमा सर्वाधिक रुचाइएको चाउचाउअन्र्तगत पर्ने कम्पनीको दाबी छ।