काठमाडौं। टाटा मोटर्सले आफ्नो बहुप्रतीक्षित टाटा 'नेक्सन फेसलिफ्ट' बिहीबार भारतमा सार्वजनिक गरेको छ।
८ लाख ९ हजार भारु सुरुवाती मूल्य रहेको यस एसयुभी ११ भेरिएन्ट र पाँच रङमा उपलब्ध छ। यो गाडी किन्न चाहनेले २१ हजार भारुमा नै बुक गर्न सक्नेछन्।
आवरण र डिजाइनका हिसाबले नेक्सन फेसलिफ्ट एकदमै नयाँ आकर्षक र न्यु लुक्समा छ। एसयुभी ताजा ग्रिल, बम्पर, स्प्लिट हेडल्याम्प सेटअप, एयर डम एन एल–सेप्ड एलइडी डिआरएलएस आकारमा उपलब्ध छ।
टाटा नेक्सन फेसलिफ्टको पछाडि भागमा रिभ्याम्प्ड बम्पर, वाई आकारको एलइडी टेललाइट, रिभर्स लाइट र रिफ्लेक्टरसहित ठाडो स्ट्याक्ड हाउजिङ छन्। त्यस्तै यसमा एलइडी लाइटबार पनि छ।
इन्टेरियरको कुरा गर्दा नयाँ टाटा नेक्सनले व्यापक परिमार्जन गरेको छ। यसमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, इलेक्ट्रिक सनरुफ, नयाँ एपी प्यानल, एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी समावेश छ।
नेक्सन फेसलिफ्ट कारमा दुई स्पोक स्टेयरिङ ह्विल छ। यसले विभिन्न ड्राइभिङ मोडका लागि नयाँ गियरस्तर रोटरी डायल र सेल्फ–डिमिङ आइआरभिएम पनि उपलब्ध गराएको छ।