काठमाडौं। चौधरी ग्रुप (सिजी) ले ग्राहकलाई चाडबाडमा खुसी पार्न ‘सिजीले घर सजाऔं, खुसीले चाड मनाऔं’ भन्ने चाडपर्व प्रर्वद्धन योजना सुरु गरेको छ।
नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स तथा होम अप्लाइन्सेस ब्रान्ड सिजीले दसैं र तिहारका अवसरमा चाडपर्व योजना ल्याएको हो। यो योजनाअन्तर्गत ग्राहकले कुनै पनि सिजी ब्रान्डका उत्पादन खरिद गर्दा क्यासब्याक र आकर्षक पक्का उपहार प्राप्त गर्नेछन्।
सिजीका अनुसार ग्राहकले ५६ हजार ४ सय रुपैयाँसम्म बचत गर्ने अवसर प्राप्त गर्नेछन्। सीमित अवधिका लागि दिइएको यो योजना भदौ २५ बाट सुरु भएको हो।
यो योजनाका अन्य आकर्षणमा मेगा एक्सचेन्ज अफर, शून्य प्रतिशत नो कस्ट इएमआई सुविधा, सिजी लोयल्टी क्लब रिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यले ललितपुरस्थित होटल भिभान्तामा २५ प्रतिशतसम्म छुट पाउन सक्नेछन्।
यो योजना सिजी ब्रान्डका टिभी, रेफ्रिजिरेटर, चेस्ट फ्रिजर, वासिङ मेसिन, माइक्रोवेभ ओभन, डिसवासर, एयर कन्डिसन, भ्याकुम क्लिनर र स्पिकरमा उपलब्ध छ।