काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका आठ सहसचविको सरुवा भएको छ। उनीहरू सिभिल समूह र हाइ–वे उपसमूहका हुन्।
त्यस्तै बलात्कार आरोपमा पूर्पक्षका लागि कारागारमा रहेका मध्यपहाडी (पुष्पलाल) लोकमार्ग प्रमुख हरिकुमार पोखरेलको जिम्मेवारी खोसिएको छ।
मन्त्रालयले उपमहानिर्देशक एवं पुल आयोजना समन्वयकर्ता सहसचिव कुवेर नेपालीलाई मध्यपहाडी लोकमार्ग प्रमुखमा सरुवा गरेको छ। त्यस्तै हुलाकी राजमार्ग आयोजना निर्देशनालय प्रमुख शुभराज न्यौपाने संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखरा सरुवा भएका छन्।
सहसचिव न्यौपानेलाई पोखरा पठाएर उनको ठाउँमा सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र प्रमुख अजयकुमार मुललाई पठाइएको छ।
त्यस्तै विभागको पुल महाशखा प्रमुख एवं उपमहानिर्देशक नरेशमान शाक्य गुणस्तर अनुसन्धान तथा विकास केन्द्र प्रमुख भएका छन्। संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखरा प्रमुख ललिजन खनाल पुल महाशाखा प्रमुखमा सरुवा भएको मन्त्रालयले जनाएको छ।
उत्तर दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना प्रमुख रहेका श्यामबहादुर खड्का संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतमा सरुवा भएका छन्।
त्यस्तै संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय इटहरी प्रमुख प्रेमप्रकाश खत्री सडक विभागअन्तर्गत उत्तर–दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजनाक प्रमुख बनेका छन्।
मन्त्रालयका अनुसार संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेत प्रमुख विनोदकुमार मौवारलाई संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमक सरुवा गरिएको छ।