काठमाडौं। अर्थ मन्त्रालयले ५५ उपसचिव सरुवा गरेको छ। सरुवा हुनेमा मन्त्रालय र आन्तरिक राजस्व कार्यालयका उपसचिव छन्।
काठमाडौंको आन्तरिक राजस्व कार्यालय कालिमाटी प्रमुख कर अधिकृतमा यमराज पाण्डेको सरुवा भएको छ।
त्यस्तै आन्तरिक राजस्व कार्यालय लाजिम्पाट प्रमुख कर अधिकृतमा संगीता घिमिरे सुवेदी, आन्तरिक राजस्व कार्यालय टंगाल प्रमुखमा कमला खरेल र कलंकी प्रमुखमा ज्ञानहरि पन्थीको सरुवा भएको छ।
आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वर प्रमुखमा राजुप्रसाद प्याकुरेल, जोरपाटी प्रमुख कर अधिकृतमा चुडाराज सापकोटा, बत्तीसपुतली प्रमुखमा युवराज श्रेष्ठ, नयाँबानेश्वर प्रमु्खमा गोविन्दराज आचार्य, चाबहिल प्रमुखमा राजकुमार अधिकारी र आन्तरिक राजस्व कार्यालय ललितपुर–१ मा नवराज पन्थीको सरुवा भएको छ।
त्यस्तै आन्तरिक राजस्व कार्यालय पोखरा प्रमुखमा शिव शर्मा, भद्रपुर प्रमुखमा कृष्णचन्द्र काफ्ले, धुलिखेल प्रमुखमा हरिप्रसाद तिमल्सिना र सुर्खेतमा कपिलप्रसाद सुवेदीको सरुवा भएको छ।
त्यसैगरी ठूला करदाता कार्यालयको प्रमुख कर अधिकृतमा सरुवा हुने उपसचिवमा विमल सापकोटा, रामबहादुर केसी, इन्द्रबहादुर देवकोटा, दिलीपकुमार अधिकारी र गणेशप्रसाद नेपाल छन्।
त्यस्तै मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर अधिकृतमा सरुवा हुने उपसचिवमा खेमनारायण रेग्मी, बसन्तराज तिवारी, हरिश्चन्द्र ढकाल, हरि बस्याल, जीवनाथ ज्ञवाली, मित्रलाल अधिकारी र ऋषिराम पोखरेल छन्।
त्यसैगरी जनार्दन आचार्यलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट खिमबहादुर कुँवरलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र ताराप्रसाद सापकोटालाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरुवा गरिएको छ।
१२ उपसचिवको अर्थमन्त्रालयमा सरुवा भएको छ। विभिन्न आन्तरिक राजस्व कार्यालयबाट अर्थ मन्त्रालय सरुवा हुनेमा केशवकुमार उप्रेती, देवानन्द काफ्ले, ऋषिराम अधिकारी, दिव्यराज पोखरेल, देवनारायण पौडेल, सुनिलकुमार यादव, रामप्रमोद यादव, मिमांश अधिकारी, तीर्थराज बराल, जगदिश्वर उपाध्यायलगायत छन्।