काठमाडौं। नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नाडा अटो शोमा एसएक्स भेरिएन्ट एक्सटर एसयुभी सार्वजनिक गरेको छ।
हुन्डाई एक्सटर पाँच सिटयुक्त एसयुभी हो। यो कम्पनीको मोडेल लाइनअपमा पहिलो एसयुभी हो। एक्सटर ई, एस, एसएक्स र एसएक्स ९०० गरी चार भेरिएन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
एक्सटरमा आकर्षक ड्यासबोर्ड, उत्कृष्ट तरिकाले दिइएको एसी भेन्ट, इन्फोटेन्मेन्ट स्क्रिन, डोर ट्रिम लेआउट, क्लाइमेट कन्ट्रोल नब, थ्री स्पोक स्टेरिङ ह्विल र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पाउन सकिन्छ।
त्यसैगरी क्रुज कन्ट्रोल, ६ एयरब्याग, इलेक्ट्रिक सनरुफ, टायर प्रेसर मनिटरिङ सिस्टम, रियर एसी भेन्ट, पुस स्टार्ट बटन, किलेस इन्ट्रीलगायत फिचर यसमा छन्।
बक्सी डिजाइनमा रहेको एक्सटरमा १।२ लिटर नेचुरल्ली एस्पिरेटेड इन्जिन, अलोय ह्विल, फ्युचरिस्टिक डिजाइन, एच आकारमा आकर्षक डिआरएल दिइएको छ।
१८५ एमएम ग्राउन्ड क्लियरेन्स र १९।२ किलोमिटर प्रतिलिटर माइलेज पाउन सकिन्छ। कम्पनीले यसलाई ६ कलर अप्सनमा ल्याउने छ।