उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाँच जना सहसचिवको कार्यविभाजन हेरफेर तथा दुई जना महानिर्देशकको पदस्थापन गरेको छ।
निजामती सेवा ऐन, २०४९ को दफा १५ बमोजिम २५ भदौ २०८० को मन्त्रीस्तरीय निर्णयानुसार पाँच जना सहसचिवको कार्यविभाजन हेरफेर तथा दुई जना महानिर्देशकको पदस्थापन गरिएको हो।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा सहसचिव तीर्थ चिलुवाललाई पदस्थापन गरिएको छ। यसअघि चिलुवाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्तर्गत थिए। त्यसैगरी कम्पनी रजिस्ट्रार कार्यालयको रजिस्ट्रा सहसचिव दिवस आचार्यलाई पदस्थापन गरिएको छ। यसअघि आचार्य राष्ट्रिय सूचना आयोगमा थिए।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई मन्त्रालयको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखामा सरुवा गरिएको छ।
मन्त्रालयका सहसचिव यज्ञराज कोइरालालाई प्रशासन तथा संस्थान महाशाखा, सहसचिव लीलाप्रसाद शर्मालाई बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखा, सहसचिव गोविन्दबहादुर कार्कीलाई योजना अनुगमन तथा मूल्यांकन महाशाखा, सहसचिव जीवलाल भुसाललाई औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखाको कामकाज तोकिएको छ।
कोइराला औधोगिक तथा लगानी प्रवर्द्धन, शर्मा प्रशासन तथा संस्थान, कार्की बहुपक्षीय व्यापार तथा व्यापार सहायता तथा भुसाल योजना अनुगमन तथा मूल्यांकन महाशाखाको जिम्मेवारीमा थिए।
त्यसैगरी १९ जना उपसचिवहरूको समेत सरुवा तथा शाखागत जिम्मेवारी हेरफेर गरिएको छ।