काठमाडौं। निशान गाडीको नेपालस्थित आधिकारिक वितरक पायोनियर मोटोकर्पले निशानका गाडीमा ‘निशान फेस्टिभ ड्राइभ’ को विशेष छुट योजना ल्याएको छ।
यो योजना निशानका सबै गाडी निशान म्याग्नाइट, निशान किक्स, निशान नाभारा, निशान लिफ र निशान एक्स–ट्रायलमा लागू हुनेछ।
पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाका अनुसार भदौ २६ देखि ३१ सम्म सञ्चालन हुने नाडा अटो शो २०२३ तथा सँगै आउने चाडपर्वका उत्सवमय अवसरमा यो विशेष छुट योजना ल्याइएको हो।
यो योजना नाडा अटो शो सकिएपछि पनि चाडपर्व अवधिभरि लागू हुनेछ। निशान फेस्टिभ ड्राइभ योजनाअन्तर्गत ग्राहकले नाडा अटो शोमा निशान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउनेछन्।
निःशुल्क गाडी व्यापक बिमा, निःशुल्क तीन वर्षको सडक कर, निःशुल्क तीन वर्षको सर्भिसिङ, तीन वर्षको वारेन्टी र १३ लाखसम्म बचत हुने फाइदाबाट ग्राहक लाभान्वित हुन सक्ने छन्।
कम्पनीका अनुसार यो योजना अवधिभरि विभिन्न मोडेलका गाडी उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटसाथ खरिद गर्न सकिने छ। यी सुविधामा सर्त लागू हुनेछन्।
योजना अवधिभरि दिइने विभिन्न निःशुल्क सुविधाले चाडपर्वलाई थप उत्सवमय बनाउने छ। पायोनियर मोटोकर्प ग्राहकलाई नाडा अटो शोमा सहभागी भई वा आफ्ना नजिकको निशान शोरुममा सम्पर्क गरी नयाँ योजनाका छुट तथा सुविधा लिन कम्पनीले अनुरोध गरेको छ।