काठमाडौं। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
ललिता निवास प्रकरणमा व्यवसायी गुरुङलाई जिल्ला अदालत काठमाडौंले उक्त रकमबराबर धरौटीमा छाड्न आदेश दिएको हो।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
त्यस्तै अदालतले गुरुङसहित अन्य १७ जनालाई पनि धरौटीमा छाड्न आदेश दिएको छ। थुनामा रहेका १८ जनामध्ये एक जनालाई अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ भने बाँकी १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
अदालतले कोसँग कति माग्यो धरौटी?
केशव तुलाधर,साधारण तारेखमा रिहा,
शिवजी भट्टराई–३ लाख ३० हजार
रुद्रकुमार श्रेष्ठ– ७ लाख ५० हजार
बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार
कलाधर देउजा –१५ लाख
घमनकुमार कार्की– ७ लाख ५० हजार
गोपाल कार्की –७ लाख ५० हजार
विनोद पौडेल– १५ लाख
योगराज पौडेल– ७ लाख ५० हजार
नारायणराज मिश्र –७ लाख ५० हजार
अरुण कुमार श्रेष्ठ –७ लाख ५०
ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार
बाबुराजा महर्जन– १ लाख १० हजार
देवनारायण महर्जन – १ लाख १०
सकलानन्द महर्जन– १ लाख १० हजार
सञ्जयकुमार महर्जन– १ लाख १० हजार
लोकहरि घिमिरे –७ लाख ५० हजार