काठमाडौं। टाटा जेनुइन पार्ट्स र टाटा मोटर्स जेनुइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्ट्स प्रालिले काठमाडौं उपत्यकाभित्रका रिटेलर्स मिट र टाटा गुरु सम्मान कार्यक्रम आयोजना गरेको छ।
सिप्रदीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेसनल बिजनेस हेड राकेश मित्तलको उपस्थितिमा सिप्रदी अटोपार्ट्सका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले कार्यक्रम सञ्चालन गरेका थिए।
‘टाटालाई टाटा नै सही’ भन्ने मूलमन्त्र मान्दै सञ्चालन गरिएको कार्यक्रममा सिप्रदी सिइओ श्रेष्ठले सबैको साथ पाएरमात्र टाटा नेपालमा अटोमोबाइल क्षेत्रमा नम्बर एक रहेका कारण सिप्रदीले पनि सबै रिटेलर, मेकानिक र ग्राहक साथमा लिएर अगाडि बढने गरको बताए।
सिप्रदीले प्राविधिकलाई आधुनिक प्रविधिको तालिम उपलब्ध गराइरहेको जानकारी गराउँदै हालसालै तीन दिन तालिम लिएका २५ जना प्राविधिकलाई प्रमाणपत्र वितरण गरी सम्मानित गरेको थियो।
कार्यक्रममा खुद्रा विक्रेताको वित्तीय व्यवस्थापनका लागि सिप्रदीले नबिल बैंकसँग सम्झौता गरको र नयाँ प्रविधिसँग अभ्यास हुन डायनामिक टेक्नोसफ्टसँग सम्झौता गरी इआरपी सफ्टवेयर प्रदान गर्न लागिएको जानकारी दिइएको थियो।
सिइओ श्रेष्ठले ग्राहकलाई टाटा जेनुुइन पार्ट्स र टाटा मोटर्स जेनुुइन आयल सहज, सुलभ र सहुलियत दरमा उपलब्ध गराउन सिप्रदीले अनलाइन स्टोर दराजसँग सम्झौता गरेको बताए।
कार्यक्रममा रिटेलर्स र टाटा गुरुहरूलाई विभिन्न उपहार प्रदान गरिएको थियो। टाटा बफादारी कार्यक्रमअन्तर्गत टाटा गुरु दीपक महर्जनले डियो स्कुटर उपहार प्राप्त गरे भने आइफोन१४ प्रो दुईजनाले, एलइडी टिभी दुईजना र अन्यले विभिन्न उपहार प्राप्त गरे।
कार्यक्रममा टाटा मोटर्स अन्तर्राष्ट्रिय व्यापार प्रमुख मित्तलले आधुनिक प्रविधि आत्मसाथ गर्नुपर्ने बताए। साथै, सम्पूर्ण उपहार विजेतालाई बधाई दिँदै टाटा मोटर्स आफ्ना ग्राहकको साथमा सधैं रहने बताए।