काठमाडौं। एभरेस्ट बैंकले मानवसेवा आश्रम गोरखालाई ५ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मानवसेवा आश्रम गोरखालाई आर्थिक सहयोग गरेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले आश्रमका गण्डकी प्रदेश संयोजक मुना लामालाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुन्।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवर्द्धन, दर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिकरूपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको छ।
चेक हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले बैंकको यस सहयोगबाट आश्रममा आश्रित बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारिरीक तथा मानसिकरूपमा अति कमजोर सडक आश्रित मानवको उद्धार, उपचार, संरक्षण र पालनपोषणमा थप टेवा पुग्ने कुरा विश्वास व्यक्त गरे।
साथै, यस्ता परोपकारी कार्य गर्ने संघसंस्थासँग भविष्यमा समेत हातेमालो गर्दै अगाडि बढिरहने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी आश्रमका गण्डकी प्रदेशका संयोजक लामाले एभरेस्ट बैंकको यो सहयोगले आश्रममा आश्रित सबैले अझ सुलभ सेवा लिन सक्ने बताइन्।