काठमाडौं। कीर्तिपुर नगरपालिकाले पर्यटकीय स्थान पहिचानका लागि डिजिटल म्यापिङ कार्यक्रम गर्ने भएको छ।
विश्व पर्यटन दिवस अवसर पारेर पर्यटन पवर्द्धन गर्न नगरपालिकाले सन्ध्याकालीन सम्पदा यात्राका लागि म्यापिङ कार्यक्रम गर्ने भएको हो।
पर्यटन अगाडि बढाउन सक्षम छ भनेर कीर्तिपुर नगरपालिका र कीर्तिपुर स्वयंसेवक समाजको संयुक्त आयोजनामा आगामी असोज १० गते कीर्तिपुरमा सन्ध्याकालीन सम्पदा यात्रा हुन लागेको हो।
काठमाडौं उपत्यकाका पर्यटकीय स्थानमध्ये कीर्तिपुरको विशिष्ट पहिचान रहेको छ। साँझमा कीर्तिपुरबाट उपत्यकाकै मनमोहक दृश्य देखिने हुँदा सन्ध्याकालीन पर्यटनको ठूलो सम्भावना छ।
यस वर्षदेखि नगरपालिकाले अभियानकै रूपमा सन्ध्याकालीन पर्यटन प्रवर्द्धन गरिरहेको छ।
पर्यटकहरू अपरिचित क्षेत्र पत्ता लगाउन डिजिटल म्यापमा भर पर्ने हुँदा म्यापले कीर्तिपुरका आकर्षक, सम्पदास्थल, होटल, रेस्टुरेन्ट र अन्य चासोका बिन्दुहरूका लागि सही निर्देशन प्रदान गर्दछ, जसले उनीहरूले सहरलाई सजिलै र प्रभावकारी रूपमा अन्वेषण गर्न सक्ने कुरा मनन गरेर कीर्तिपुर स्वयंसेवक समाजले डिजिटल प्रवर्धन र नक्सामा ठाउँ रुट राख्न अभियान सुरु गरेको छ।
त्यस अवसरमा नगरपालिकामा कीर्तिपुरका स्थानीय गाइड, पर्यटनका विद्यार्थी र स्थानीयको सहभागितामा म्यापिङ र डिजिटल प्रवर्घन विज्ञ सौरभ ढकालद्वारा प्रस्तुतिकरणका साथै स्थलगत नक्सांकन गरिएको थियो।
सहभागीले गुगल म्यापलगायतका नक्सासम्बन्धित एप्समा फोटो, भिडियो राख्नुका साथै जानकारी अपडेट गरेका थिए। कीर्तिपुर स्वयंसेवक समाजका कार्यक्रम संयोजक रुपेन्द्र महर्जनका अनुसार म्याप अपडेट गर्ने, नयाँ जानकारी राख्ने कार्य कीर्तिपुर नगरपालिकाको सहयोगमा नियमितरूपमा गरिनेछ।
डिजिटल म्यापिङ एपले पर्यटकलाई उनीहरूको गतिविधिबारे सूचित गरी निर्णय लिन र कीर्तिपुरमा उनीहरूको बसाइ स्थिति जानकारी दिने विश्वास लिइएको छ।