काठमाडौं। टिभिएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भदौ २६ बाट आयोजना हुने नाडा अटो शोमा आफ्नो इलेक्ट्रिक स्कुटर ‘टिभिएस ‘आइक्युब’ सार्वजनिक गर्ने भएको छ।
कार्यसम्पादन र व्यावहारिकता दुवै ध्यानमा राखेर डिजाइन गरिएको यो इलेक्ट्रिक स्कुटरले नेपालीको दैनिक आवतजावत अझै सहज बनाउँदै सहरी दैनिकीमा एउटा ‘गेम चेन्जर’ का रूपमा स्थापित हुने विश्वास कम्पनीको छ।
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताका अनुसार टिभिएस आइक्युब इलेक्ट्रिक स्कुटरले पर्यावरण र कुशल सहरी गतिशीलताप्रति कम्पनको प्रतिबद्धता प्रतिनिधित्व गर्छ। आकर्षक मूल्यमा कार्बनरहित भविष्य सुनिश्चित गर्दै आधुनिक सहरका सचेत नागरिकका लागि आकर्षक मूल्यमा नवीनतम विकल्प प्रदान गर्ने उद्देश्यले आइक्युब नेपाली बजार ल्याउन लागिएको उनले बताए।
कम्पनीका अनुसार ३ किलोवाटकोे बिएलडिसी हब मोटर प्रयोग गरिएको आइक्युबको पर्फर्मेन्स उत्कृष्ट छ। ४।४० किलोवाटको अधिकतम पावर र १४० एनएम म्याक्सिमम टर्क भएकाले आइक्युबले भीडभाडमा समेत स्पिड र एजिलिटी प्रदान गर्छ। यसको टप स्पिड ७८ किलोमिटर प्रतिघन्टा छ।
आइक्युबको ३।०४ केडबल्युएच लिथियम–आयन ब्याट्रीले एक चार्जमा ७५ देखि १ सय किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ जसले यस स्कुटरलाई दैनिक यात्राको भरपर्दो विकल्प बनाएको छ। पाँच घन्टामा सतप्रतिशत चार्ज हुन सक्ने आइक्युबमा पोर्टेबल चार्जर पनि आउँछ। चालकले आफ्नो आवश्यकताअनुसार पावर अथवा इको मोडमा यस स्कुटरलाई चलाउन सक्नेछन्।
आइक्युबमा टिभिएस एनटर्क सिरिजका स्कुटरजस्तै स्मार्ट कनेक्ट फिचर समेत उपलब्ध छ । चालकले स्कुटरसँग आफ्नो स्मार्टफोन ब्लुटुथद्वारा कनेक्ट गरेर आगमन कल÷एसएमएस अलर्ट, नेभिगेसन, म्युजिक प्लेयर कन्ट्रोल, अन्तिम पार्क गरिएको ठेगाना तथा एन्टिथेप्टजस्ता स्मार्ट फिचर पनि छ। स्कुटरको ७ इन्चको मल्टिफङ्सनल स्क्रिनले सबै स्मार्ट कनेक्ट फिचरलाई सहज कार्यान्वयनमा मद्दत पुर्याउने छ।
रिजेनेरेटिभ ब्रेकिङ सिस्टम भएको हुँदा टिभिएस आइक्युबको यात्रा सहज हुनुका साथै ऊर्जा पनि कम खपत हुन्छ। त्यस्तै यात्रुलाई अझ बढी सुविधा प्रदान गर्न यस स्कुटरमा टेलिस्कोपिक फोर्क र ट्विन हाइड्रोलिक एब्जर्बर सस्पेन्सन प्रयोग गरिएको छ। यस टिभिएस आइक्युबको सिटको उचाइ ७ सय ७० एमएम छ भने ग्राउन्ड क्लियरेन्स १ सय ५० एमएम छ। यसको तौल १ सय १७ किलो छ भने डिजाइन पनि हल्का र युजर–फ्रेन्डली छ।
टिभिएस आइक्युब इलेक्ट्रिक स्कुटर नाडा अटो शोभरि टिभिएस स्टलमा प्रदर्शन गरिने छ। सहभागीले स्टलमा आएर यसका सुविधा एक्सप्लोर गर्ने र टेस्ट ड्राइभ गर्ने अवसरसमेत पाउने कम्पनीले जनाएको छ।