अहिले नेपालको अटोमोबाइल क्षेत्र आर्थिक मन्दीसँग जुधिरहेको छ। नागरिकसँग दैनिक उपभोग्य वस्तु किनेर खाने पैसासमेत नभएको अवस्था छ। यस्तो अवस्थामा दुईपांग्रे, चारपांग्रे सवारीसाधन किन्नु भनेको त निकै गाह्रो कुरा हो।
यो आर्थिक मन्दी सामना गर्दै व्यवसायीले व्यवसाय बचाउँदै लैजाने, बैंकको ब्याज ‘मेन्टेन’ गर्नेलगायत कुरा अटोमोबाइल क्षेत्रका लागि एकदमै ठूलो चुनौती हो।
अब चाहिँ अवस्था सकारात्मक हुन्छ कि भन्ने थोरै आशाको त्यान्द्रो पलाएको छ। चाडबाड आउँदै गर्दा, बैंकमा तरलता बढ्दै गएको र सरकारले पनि घरजग्गा कारोबार फुकुवा गरेको छ। मौद्रिक नीतिले पनि ऋणको जोखिम भार घटाएको छ।
यी सबै कारण बैंकहरूले पनि लगानी गर्न इच्छा देखाएका कारण बजार केही चलायमान हुन लागेको हो कि भन्ने अनुभूति व्यवसायीलाई छ।
यही अवस्थाका कारण पनि यसपालि हुन लागेको नाडा अटो शोप्रति हामी व्यवसायी निकै आशावादी छौं। अटो शो हामी प्रत्येक अटोमोबाइल व्यवसायीका लागि कुम्भमेला हो। हुन त अघिल्लो वर्ष इभी शो पनि हामीले राम्रो गरेका थियौं।
इभी शोको हाम्रो परिकल्पना एकदमै राम्रो थियो। त्यो समयमा सवारीसाधन आयात प्रतिबन्ध नै थियो। सरकारले ९/१० महिना सवारीसाधन आयात प्रतिबन्ध लगाउँदाको अवस्था काहालीलाग्दो थियो।
चलिरहेको फाइनान्सियल साइकल ठ्याक्कै बन्द गर्दा र त्यसमाथि पनि ७/८ प्रतिशतमा कारोबार भइरहेका व्यवसायीलाई १८/१९ प्रतिशतमा कारोबार गर्नुपर्दा र अझ कारोबार नै नहुँदा एक त व्यवसायीले बैंकलाई ब्याज बुझाउन नसक्ने, व्यवसायीको कारोबार शून्य हुने, सरकारले अटोमोबाइललाई लक्जरी भनेर रोक्ने यी सबै कारण अटोमोबाइल क्षेत्र डामाडोल भएको अवस्थामा पनि विद्युतीय सवारीसाधन (इभी) लाई सरकारले केही राम्रो सुविधा दिएको थियो।
त्यसबाट दुई कुराको फाइदा भयो। एउटा त उपभोक्तामा इभीका लागि चासो बढ्यो। त्यो निकै राम्रो हो। देशको भौतिक संरचना राम्रो नहुँदै उपभोक्ताले विश्वास गर्नु भनेको धेरै राम्रो कुरा हो। अर्को कुरा, सरकारले पनि इभी ल्याउनुपर्छ, इभीबाट धेरै कुरा बचाउन सकिन्छ भन्ने सन्देश दियो। देशको नीति नै इभीतर्फ मोडिँदा हामी त्यसबाट भाग्न सक्दैनौं भनेर हामीले इभी शो आयोजना गरेका थियौं। त्यो इभी शो एकदमै सफल भयो।
यही अवस्थाका कारण पनि यसपालि हुन लागेको नाडा अटो शोप्रति हामी व्यवसायी निकै आशावादी छौं। अटो शो हामी प्रत्येक अटोमोबाइल व्यवसायीका लागि कुम्भमेला हो। हुन त अघिल्लो वर्ष इभी शो पनि हामीले राम्रो गरेका थियौं।इभी शोको हाम्रो परिकल्पना एकदमै राम्रो थियो। त्यो समयमा सवारीसाधन आयात प्रतिबन्ध नै थियो। सरकारले ९/१० महिना सवारीसाधन आयात प्रतिबन्ध लगाउँदाको अवस्था काहालीलाग्दो थियो।
यति भन्दै गर्दा चुनौती के हो भने अहिले भइरहेको सवारीसाधनमा खर्बाैं लगानी छ। सवारीसाधन एसेम्बल हुन थालेका छन्, देशभरि ग्यारेज छन्, अहीले नै यति धेरै सवारीसाधन र पूर्वाधारमा लगानी भएका छन्, यसका लागि व्यवसायीले बैंकबाट अर्बौं ऋण लिएका छन्। त्यसकारण आइसिई सवारीसाधन र त्यससगँ सम्बन्धित व्यवसायलाई जोगाउँदै लैजानुपर्छ भन्ने हो।
सरकारले एउटा कुरा के बिर्सिन हुँदैन भने एउटा कुराको प्रमोट गर्दैगर्दा बिक्री भइसकेका कुरा पनि चल्नुपर्यो। डिजेल, पेट्रोल धेरै आयात भयो भनेर गाडी ब्यान्ड गर्नुपर्छ भन्न हुन्छ र? उस्तै परे भोलिका दिनमा पेट्रोल ब्यान्ड गर्दिउँ भन्न त मिल्दैन नि। किनभने, हामी आसिईलाई इभीमा कन्र्भट गर्न सक्दैनौं। कन्भर्ट गरेको चिजले अहिलेको चाप धान्न सक्दैन। यस्ता धेरै कुरा छन्।
गत वर्ष त हामीले इभी शो राम्रो गर्यौं, अब अहिले आएर हामी तरलता समस्याबाट केही मुक्त भएका छौं। त्यसकारण पनि हामी नाडा अटो शोका लागि उत्साहित छौं।
अटो शोका लागि हामी मात्र होइन, सबै व्यवसायी साथी उत्साहित हुनुहुन्छ। हामीले नाडा अटो शोको घोषणा गर्दैगर्दा धेरैको सहभागिता हुन्दैन कि भन्ने चिन्ता थियो। अहिले हामीलाई स्टल पुर्याउन गाह्रो भइरहेको छ। सबै स्टल प्याक भएको छ। त्यसकारण पनि हामी यस प्रर्दशनीका लागि उत्साहित छौं।
यो प्रदर्शनी गत वर्षभन्दा धेरै फरक हुँदैन। तर, यसमा नयाँ कुरा के हुन्छ भने डिजेल, पेट्रोल गाडी बेचिरहेकाले पनि यो वर्ष मल्टिइलेक्ट्रिक भेइकल देखाउन सक्ने अवस्थामा पुगेका छन्।
दोस्रो कुरा, अटो शो चार वर्षमा हुन लागेको हुनाले आइसिई इन्जिनका गाडीको पनि नयाँ–नयाँ भेराइटी देख्न पाइन्छ। त्यस्तै यति लामो समय तरलता समस्या भोगिरहेको अवस्थामा ९÷१० वटा वित्तीय संस्था आफैं अटोमोबाइलमा लगानी गर्नुपर्छ भनेर आएका छन्, जुन राम्रो पक्ष हो।
त्यस्तै हामीले सबै किसिमका नेपालमै एसेम्बल भएका दुईपांग्रे सवारीसाधन, नेपालमा उत्पादन भएका लुब्रिकेन्ट, हेल्मेट, ब्याट्री, टायर, ट्युब देखाउन पाउँदै छौं। नेपालमा अहिले भएको अटोमोबाइल उत्पादन हेर्दा भोलिका दिनमा सानो ‘मेक इन नेपाल’ अटो शो भनेर पनि नआउला भन्न सकिँदैन।
हामीले सबै किसिमका नेपालमै एसेम्बल भएका दुईपांग्रे सवारीसाधन, नेपालमा उत्पादन भएका लुब्रिकेन्ट, हेल्मेट, ब्याट्री, टायर, ट्युब देखाउन पाउँदै छौं। नेपालमा अहिले भएको अटोमोबाइल उत्पादन हेर्दा भोलिका दिनमा सानो ‘मेक इन नेपाल’ अटो शो भनेर पनि नआउला भन्न सकिँदैन।
नाडा अटो शोबाट अटोमोबाइल इन्जिनियर, विद्यार्थी र अवलोकनकर्ताले पनि धेरै कुरा सिक्ने मौका पाउने छन्। त्यस्तै यो अटो शोमा ब्रान्डलाई इभी राख्नुपर्छ भन्ने चुनौती पनि छ। नेपालमा उपभोक्ताले इभीलाई निकै छिटो अपनाएका छन्।
गाडी किन्न गएका उपभोक्ताले जुन गाडी किने पनि एकपटक इभीको बारेमा सोध्छन्। यो चुनौती हामी गाडी बेच्नेलाई मात्र होइन, गाडी उत्पादकलाई पनि छ। इभीप्रतिको ग्राहकको लगाव हेर्दा आइसिई इन्जिनका गाडी अचानक हराउँछ भन्ने त होइन तर इभी पनि तीव्र्र प्रतिस्पर्धामा देखिएको छ।
इभी भविष्य हो, यसमा दुई मत छैन तर हामीले अहिलेदेखि त्यसको राम्रो पक्ष समातेर भौतिक पूर्वाधार, बिक्रीपछिको सेवा, सरकारी सहुलियतलाई दिगोरूपमा व्यवस्थापन गर्नुपर्छ।
अहिले नाडा अटो शो गर्न लागेको पनि सबै आर्थिक संकट हटेर गर्न लागेका होइनौं। हामी आशावादी भएरमात्र अघि बढ्न सकिन्छ भन्ने मान्यता आत्मसाथ गर्दै यो प्रर्दशनी गर्न लागेका हौं।
अप्ठेरो परिस्थिति छ भनेर कहिलेसम्म घरमा लुकेर बस्ने, कहिलेसम्म पैसा तिर्नु छ भनेर बैंकसँग भागेर हिँड्ने? अप्ठेरो अवस्थामा चुनौती सामना त गर्नैपर्यो। त्यसका लागि आर्थिक क्रियाकलाप हुनैपर्छ र अहिले हामीले गर्न लागेको पनि त्यही नै हो। वास्तवमा भन्दा नाडा अटो शो भनेको लगानी हो।
जुन देशमा अर्थतन्त्र चलायमान छैन, आर्थिक मन्दी छ, यस्तो अवस्थामा नाडाले नाडा अटो शोजस्तो कार्यक्रम गर्दै छ। जसमा बैंकले लगानी गर्छ, घरमा भएको २/४ लाख रुपैयाँ लगानीका रूपमा बाहिर निस्किन्छ भने यो तरलताको अवस्था सुधार्न नाडाले सरकारलाई गरिदिएको विशाल सहयोग हो।
आर्थिक क्रियाकलाप चलायमान भएपछि बजारबाट पैसा निस्किन्छ र संकट बिस्तारै हट्दै जान्छ। त्यसकारण नाडाले यो इभेन्ट गर्ने हिम्मत नै गरेको हो।